जाजरकोट । पौडी खेल्ने क्रममा समाकोट खोलाले बगाउँदा एकै घरका दिदी बहिनीको ज्यान गएको छ । कुशे गाउँपालिका-७ स्थित समाकोट खोलामा पौडी खेल्न गएका उनीहरु मृत फेला परेका छन् ।
स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।
शनिबार शव पोस्टमार्टम गरिने बताइएको छ ।







