नेपाल सरकारका पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव रहेका प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेत र प्रतिनिधि सभा सदस्य ज्ञानु बस्नेतलाई पितृशोक परेको छ । उनीहरुका बुवा डन्डबिर बस्नेतको आइतबार निधन भएको हो ।
मुटुलगायत समस्याबाट ग्रसित भएपछि उनलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । भेरी-१ जाजरकोट स्थायी घर भएका उनी लामो समयदेखि अस्वस्थ थिए । पछिल्लो समय उनी कान्छा छोरा शक्तिबहादुर बस्नेत र बुहारी पूर्वमन्त्री सत्या पहाडीसँगै बस्दै आएका थिए ।
९४ वर्षिय डन्डबिरको पार्थिव शरीरलाई भोलि सोमबार अपराह्न १ बजे पशुपतिस्थित आर्यघाट पुर्याई अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
उनका ३ छोरा र ३ छोरी छन् । उनका माइला छोरा शक्तिबहादुर बस्नेत र छोरी ज्ञानु बस्नेत सुवेदी अहिले एकैसाथ प्रतिनिधि सभा सदस्य रहेका छन् ।