म्याग्दी पहिरोमा ३२ जना बेपत्ता, पोखरा पहिरोमा सात जनाको मृत्यु

पाेखरा, २६ असार । प्रदेश पाँच अन्तर्गत म्याग्दी र पाेखरामा पहिराेले ठूलाे धनजनकाे क्षति पुर्याएकाे छ । म्याग्दीमा गएकाे पहिराेमा परेर ३२ जना वेपत्ता भएका छन भने पाेखरामा गएकाे पहिराेमा परेर सात जनाकाे मृत्यु भएकाे छ ।

बिहीबार रातिबाट परेकाे अविरल वर्षाका कारण म्याग्दीमा गएकाे पहिराेमा दर्जनौं घर पुरिनुका साथै ३२ जनाभन्दा बढी बेपत्ता भएका हुन् । म्याग्दीकाे धौलागिरि र मालिका गाउँपालिकामा पहिरो गएको छ । धाैलागिरि–६ मराङमा भीम जुग्जाली, धनबहादुर जुग्जालीको परिवारमा मात्र कम्तीमा ७ जना बेपत्ता भएको ६ नम्बर वडाका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन् । पहिरोमा फसेकाहरुको उद्धार पनि हुन सकेको छैन ।

त्यसैगरी म्याग्दीकै मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ तथा भारवाङमा पनि ठूलाे पहिराे गएकाे छ । उक्त पहिराेमा परी सोमनाथ शर्मा पौडेलकी पत्नी ३५ वर्षीय विष्णु शर्मा र ५ वर्षीय बालिका इच्छा पौडेल सहित कम्तीमा ८ जना बेपत्ता भएकाे खबर अाएकाे छ । वारिपारि दुवैतर्फ पहिरो गएको र बाढी आएकाले प्रहरी घटनास्थल पुग्न सकेकाे छैन ।

पहिरोमा मराङको घन्टवाङ र मालिकाको बिममा थुप्रै व्यक्ति बेपत्ता हुनुका साथै ३० जनाभन्दा बढी फसिरहेको बताइएकाे छ ।

त्यसैगरी कास्कीका विभिन्न स्थानमा गएका पहिराेमा परी अहिलेसम्म सात जनाएकाे मृत्यु भएकाे खबर प्राप्त भएकाे छ । पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध हुन पुगेको छ । पोखरा–१८ सराङकोट, गोठादीमा बिहीबार राति पहिराे गएकाे छ । गोठादीमा बिहीबार राति साढे २ बजेतिर पहिराे खसेकाे र पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाजुका नाति ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा छन् । अर्का एक बालकको सनाखत भइनसकेको कास्की प्रहरीका डीएसपी सुवास हमालले जानकारी दिए । पहिरोमा टंकबहादुरका छोरीहरू २२ वर्षीया पिंकी र १८ वर्षीया आशा तथा पिंकीकी ५ वर्षीया छोरी पिरिसा घाइते भएका छन् ।

यसैगरी तनहुँको दमौली घर भएकी सोममायाकी २८ वर्षीया बहिनी सरस्वती श्रेष्ठ पनि घाइते छिन् । उनका १० र ८ वर्षका दुई छोरा पनि पहिरोमा परेका छन् । घाइते हुने अन्यमा छिमेकी १९ वर्षीय अनिश तामाङ, रसी थापा, रश्मि थापामगर छन् ।

घाइते सबैको मणिपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ । थापाको घरमा जन्मदिनको पार्टी रहेकाले आफन्त र छिमेकी जम्मा भएका थिए ।

त्यसैगरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घरसँगै तीन बाख्रा पनि पुरिएका छन् । त्यस्तै पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारकाे मृत्यु भएको छ । ब्लकले बनेको दुईकोठे घरसँगै पुरिएका उनका पत्नी, एक छोरा र एक छोरीको उद्धार गरिएको छ । त्यहाँ अहिले पनि पहिरो जाने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।त्यसै गरी कालिमाटी र फुस्रे खोलाबीचमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

Loading...