बेझाङ, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । […]
Author: Nonstop Khabar
कुबेतमा आगलागी हुदा ३ नेपालीको ज्यान गयो
एजेन्सी । कुबेतको आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको मृत्यु भएको छ। महावुल्ला–२ स्थित कामदार बस्ने भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन। पहिचानको प्रयास भैरहेको दुताबासले जनाएको छ […]
खानेकुराको यौन जीवनमा प्रभाब
यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला। सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ? जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ […]
सडक विभागको कारण भक्तपुरमा खोलाले किसानको बाली नष्ट पार्यो : मेयर प्रजापति
भक्तपुर, २८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सल्लाघारी र राधेराधे पुलमुनि खोलाको सतहभन्दामाथि ढलान गरेको कारण वर्षामा खोलाको पानी बाहिर आएको बताएका छन् । थोरै पानी पर्दा पनि हनुमन्ते खोलाको पानी खेत खेतमा पसी बालीमा क्षति भएको बताउदै प्रमुख प्रजापतिले तत्काल ढलान हटाइ पानीको बहाव स्वाभाविक गतिमा बग्न दिनुपर्नेतर्फ प्रजिअ र सडक विभाग […]
फेसन टेक्नोलोजी कलेजको कलाकार र व्यापारीले गरे संयुक्त उद्घाटन
ललितपुर, २८ असार । इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोजी (आईआईएफी)को शाखा ललितपुरस्थित मानभवनमा सञ्चालनमा आएको हो । बागबजारमा मुख्य कार्यालय रहेको आईआईएफटी फेसन अफ कलेजको उक्त शाखाको शनिबार एक समारोहबीच अभिनेता आयुषमान देशराज जोशी, अभिनेत्री शिल्पा मास्के, ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन र आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठले उद्घाटन गरे । आयुष र शिल्पा […]
‘रातो गलबन्दी’ को आयो फस्टलुक र शीर्ष गीत
काठमाडौं, २८ असार । सामाजिक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को फस्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनिक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने फिल्ममा केकी अधिकारी, कोशिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा केकी, कोशिस र बुद्धिलाई हाइलाइट गरिएको छ । हिमाल कडरिया […]
सर्लाहीमा १६ सय घर डुवानमा १० हजार परिवार बिस्थापित : वागमतीले बाढ्यो राहत
सर्लाही, २८ असार । बुधबारदेखि परेको अविरल वर्षाका कारण सर्लाहीको जनजीवन पनि प्रभावित बनेको छ । वर्षाको कारण जिल्लाको दक्षिणी क्षेत्र बढी मात्रामा प्रभावित बनेको हो । वर्षाको कारण जिल्लामा १ हजार ६ सय भन्दा बढी घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताएका छन । त्यस्तै वर्षाका […]
भारी वर्षापछि खुलेको काठमाडौंका केही मनोरम दृष्यहरु (फोटो-भिडियो फिचर)
काठमाडाैं । केही दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासँगै जनजीवन अस्तव्यस्त छ । देशभर बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । काठमाडौं उपत्यकामा शनिवार अपरान्हको मौसम भने केही सुध्रियो । मौसममा सुधार आएपछि काठमाडौंका डाँडाकाँडामा मानिसहरु उक्लिए । यसैक्रममा काठमाडौंको स्वयम्भुबाट देखिएको काठमाडौं उपत्यकाका केही दृश्यहरु … हेर्नुहाेस भिडियो https://youtu.be/WLG3u40h0jI हेर्नुहोस् तस्विरमा […]
बिद्रोहीको आक्रमणमा परी महिला पत्रकारसहित कैयौको मृत्यु
एजेन्सी । दक्षिणी सोमालियाको एउटा होटलमा भएको हमलामा क्यानडाकी एक टेलिभिजन पत्रकारसहित कम्तीमा सातजना मारिएको समाचारहरूमा जनाइएको छ। हमलामा ज्यान जोगाउन सफल भएका र अधिकारीहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले विस्फोटक पद्धार्थहरूले भरिएको एउटा कार असासे होटलमा ठोक्काएका थिए। त्यसपछि बन्दुकधारीहरूले होटलको भवनमा हमला सुरु गरे। पत्रकार होडन नल्य र उनका श्रीमान ज्यान गुमाउनेहरूमध्ये रहेको बताइएको […]
खराब मौसमले विमान नराम्ररी हल्लाएर आकस्मिक अवतरण गर्दा ३७ घाइते
काठमाडौं । एअर क्यानाडाको विमान मौसममा खराबीका कारण अमेरिकाको हवाई राज्यस्थित होनोलुलुमा आकस्मिक अवतरण गरिँदा ३७ जना घाइते भएका छन् । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उक्त विमानमा २६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए । उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएको बताइएको छ । जहाजमा […]










