खराब मौसमले विमान नराम्ररी हल्लाएर आकस्मिक अवतरण गर्दा ३७ घाइते

काठमाडौं । एअर क्यानाडाको विमान मौसममा खराबीका कारण अमेरिकाको हवाई राज्यस्थित होनोलुलुमा आकस्मिक अवतरण गरिँदा ३७ जना घाइते भएका छन् ।

एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उक्त विमानमा २६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए । उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएको बताइएको छ ।

जहाजमा बसिरहेका यात्रुहरुले त्यस समयमा ‘सिटबेल्ट’ नलगाएका र जहाज मौसमका कारण अकस्मात हल्लिन थालेपछि यात्रुहरु जहाजका विभिन्न भागमा ठोक्किन पुगेका थिए ।

यहीक्रममा यात्रीहरु घाइते भएका एयर क्यानाडाले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ । अस्पताल भर्ना भएकामध्ये नौ जना गम्भीर रुपमा घाइते भएको एयरलाइन्सले जनाएको छ ।

Loading...