ललितपुर, २८ असार । इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोजी (आईआईएफी)को शाखा ललितपुरस्थित मानभवनमा सञ्चालनमा आएको हो । बागबजारमा मुख्य कार्यालय रहेको आईआईएफटी फेसन अफ कलेजको उक्त शाखाको शनिबार एक समारोहबीच अभिनेता आयुषमान देशराज जोशी, अभिनेत्री शिल्पा मास्के, ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन र आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठले उद्घाटन गरे । आयुष र शिल्पा अभिनीत फिल्म ‘सानो मन’ यही शुक्रबारबाट अलनेपाल रिलिज भएको छ ।
आफू अभिनीत फिल्म प्रमोशनकै क्रममा आईआईएफटी स्कूल अफ कलेजको उद्घाटन गर्न पुगेका ‘सानो मन’ जोडीले सो अवसरमा फेसनसम्बन्धी इन्स्टीच्यूटको उद्घाटन गर्न पाएकामा खुसी व्यक्ति गरे । अभिनेत्री शिल्पाले भनिन्, ‘यस्ता आर्ट तथा फेसन कलेजहरुको कमि भइरहेका बेला आईआईएफटीको उद्घाटन गर्ने अवसर पाउँदा खुसी लाग्यो ।’ उनले आफू सानोमा फेसन कन्सस नभएपनि ग्ल्यामरस क्षेत्रमा आएपछि फेसनप्रति रुचि राख्न थालेको बताइन् ।
यस्तै अभिनेता आयुषले आफू पनि फेसनप्रति चासो भएकाले आईआईएफी जस्तो इन्ष्टिच्युटको उद्घाटन गर्ने अवसर पाउँदा खुसी लागेको सुनाए । उनीहरुले आफूहरु अभिनीत फिल्म ‘सोनो मन’ हेर्न दर्शकलाई आग्रह गर्न समेत भ्याए ।
उद्घाटन समारोहका ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन, आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठलगायतको उपस्थिति थियो । आईआईएफटीको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बागबजारको सफलतापछि शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार हाल दुई ब्याचमा ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । तीन वर्षाअघि बागबजार प्लाजामा सञ्चालनमा आएको आईआईएफटी स्कुल अफ फेसन ले अहिलेसम्म डेढ सय बढी फेसन डिजाइनर उत्पादन गरिसकेको छ ।