कप्तान पारसले गरे ट्वान्टी ट्वान्टीको उपाधि बाढी पहिरो पीडितमा समर्पित

काठमाडौं, २९ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले बाढी पहिरो पीडितहरुमा नेपालको उपाधि समर्पित गरेका छन् । आइतबार नेपालले ट्वान्टी ट्यान्टी क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित ६ विकेटले पराजित गरेको हो । जितपछि नेपाली क्रिकेट टोलीका कप्तान खड्काले ट्वीटरमा एक पोस्ट लेख्दै यो उपाधि नेपालमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने र […]

१३ जिल्लाका १५ सडक पूरै ठप्प, निस्कदा सचेत बन्न प्रहरीको आग्रह

काठमाडौं, २९ असार । नेपाल प्रहरीले देशका १३ जिल्लाका १५ वटा सडक बाढी र पहिराेले असर पुर्याएकाे र ती सडक भएर निस्कदा पहिल्यै सचेत बन्न अाग्रह गरेकाे छ । हप्ता दिनदेखि जारी अबिरलपछि गएकाे बाढी र पहिरोका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् । साथै ३५ जना बेपत्ता छन् । माैसम विभागले अझै पानी […]

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

रुकुम, २९ असार । जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ […]

पारिश्रमिक लिएर कार्यक्रममा नगएपछि सोनाक्षीको बयान लिन घरमै पुग्यो प्रहरी

एजेन्सी । यतिबेला बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् । सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि मोटो रकम पारिश्रमिकको रुपमा दिइएको थियो । पारिश्रमिक लिएपनि पछि उनी त्यो कार्यक्रममा सहभागी नभएको भारतीय संचार माध्यमहरुले बताएका छन् । त्यसपछि सोनाक्षीविरुद्ध कार्यक्रमका आयोजकले […]

बाढी र पहिरोले ४८ को मृत्यु ३५ वेपत्ता २५ घाइते

काठमाडौं, २९ असार । केही दिनदेखि परेकाे अविरल वर्षापछि अाएकाे बाढी र पहिराेमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएकाे छ । मृत्यु हुनेमा २७ जना पुरुष रहेकाे र २१ जना महिला रहेकाे बताइएकाे छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)ले बाढी र पहिरोमा परेर देशभर ४८ जनाकाे मृत्यु र ३५ […]

शनिबार दिउँसोदेखि अवरुद्ध शिद्धबाबा क्षेत्रअझै खुलेन बाटो, सयौं गाडी अलपत्र

बुटवल, २९ असार । पहिरो खसेर शनिबार दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझैपनि खुल्न सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तरगर्त सिद्धबाबा मन्दिर नजिकै अभिरल वर्षाका कारण पहिरो झर्ने क्रम नरोकिएपछि बाटो खुल्न सकेको छैन । शनिबार दिउँसो ३ बजेदेखि अलपत्र परेका यात्रुमात्र हिँड्न मिल्ने बाटो बनाएर गन्तव्यमा पठाइए पनि यातायातका साधन चल्न सकेका छैनन् । […]

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्न माग

काठमाडौँ, २९ असार। सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समसामयिक अन्तक्र्रिया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिङ्गी समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक […]

ठाउँ ठाउँमा पहिरो गएपछि बल्खु–कुलेखानी–हेटौडा र बनेपा-बर्दिवास जोड्ने सडक ठप्प

काठमाडाैं । अविरल वर्षापछि पहिरो गएका कारण बल्खु कुलेखानी हुँदै हेटाैडा चल्ने यातायात ठप्प भएका छन् । त्यसैगरी काभ्रेकाे बनेपा–बर्दिवास सडक पनि ठप्प भएकाे छ । बाढी र पहिरोका कारण तराइृ जाेड्ने र तराइबाट राजधानी काठमाडौँ प्रवेश गर्ने यी दुई वैकल्पिक मार्ग अवरुद्ध भएपछि ठूलाे संख्यामा यात्रुले दु:ख पाएका छन्। यता सडक विभागले अबरुद्ध भएका […]

नदी किनारमा भेटियो टाउको नभएको एक पुरुषको शव

हुम्ला, २९ असार । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु स्थित कर्णाली नदी किनारमा एकजना पुरुषको शव भेटिएको छ । नदीको किनारमा ढुङ्गाको छेउमा रहेको बेडुको रुखको लहरोमा शव अड्किएको अबस्थामा देखिएको हो । नदीको बहावसँग हल्लिँदै गरेको चिज देखिएपछि नदी किनारामा जाँदा घाँटी भन्दा तलको शरीर मात्र भएको पुरुष व्यक्तिको शव देखेको प्रत्यक्षदर्शी दिपेन्द्र शाहीले बताए […]

खतरा बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी, २९ असार । पानीकाे वहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । लगातारको अविरल वर्षाले पूर्वी पहाडमा बाढी आउँदा सप्तकोशीमा पानीको बहाव उच्च भएकाे छ । वहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको हाे । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले ब्यारेजका ५६ वटै ढाेका खाेलिएपछि अहिले नदीमा पानीको सतह […]