शनिबार दिउँसोदेखि अवरुद्ध शिद्धबाबा क्षेत्रअझै खुलेन बाटो, सयौं गाडी अलपत्र

बुटवल, २९ असार । पहिरो खसेर शनिबार दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझैपनि खुल्न सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तरगर्त सिद्धबाबा मन्दिर नजिकै अभिरल वर्षाका कारण पहिरो झर्ने क्रम नरोकिएपछि बाटो खुल्न सकेको छैन ।

शनिबार दिउँसो ३ बजेदेखि अलपत्र परेका यात्रुमात्र हिँड्न मिल्ने बाटो बनाएर गन्तव्यमा पठाइए पनि यातायातका साधन चल्न सकेका छैनन् । सडकमै ठूला ढुंगा भएकाले पन्छाउन समस्या भएको छ । त्यसैले शनिबारदेखि नै सो क्षेत्रमा सयौं सवारी साधन अलपत्र छन् ।

राति दोभान, सिद्धबाबा क्षेत्रमा पानी परेकाले बाटो खुलाउन थप समस्या भएको दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीमगरले बताए । ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर एकतर्फी यातायात सुरु गर्न पहल भइरहेको उनले बताए ।

शनिबार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले मोटरसाइकसहित बगाउँदा निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको थियो । यस क्षेत्रमा वर्षायाममा हरेक वर्षनै यस्ता समस्याहरु हुने गरेका छन् ।

Loading...