वासिङ्टन, ७ साउन । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको खुलासा गरेका छन् । पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश […]
Author: Nonstop Khabar
नगर अस्पताल निर्माण गर्दै कामपा
काठमाडौँ, ७ साउन । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल बनाउने योजना बनाएको छ । न्यूनतम शुल्कमा नगरवासीलाई सबैखाले स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाइएको महानगरले जनाएको छ । आफूहरूले तिरेको करबापत कामपाले स्वास्थ्य सेवा दिनुपर्ने माग नगरवासीले गर्दै आएका थिए । महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति […]
बुटवल: शान्तिसुरक्षाको अधिकार प्रदेशलाई हुनुपर्छ ः सभापति शाह
रुपन्देही, ७ साउन । संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शान्तिसुरक्षाको अधिकार प्रदेशकै मातहतमा हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानमै व्यवस्था भएका विषयमा केन्द्रले एकाधिकार गर्न नहुने समेत बताए । “अधिकार बाँडफाँटमा सङ्घले कन्जुस्याइँ गर्नु हुँदैन, प्रजिअ प्रदेशकै मातहतमा हुनुपर्छ”, उनले भने । सभापति […]
तिनाउ नदीको बाढीले खतराको तह पार गर्यो, सतर्क रहन आग्रह
बुटवल – ७ असार । रातिदेखि परेको अविरल वर्षाका कारण तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेको जनाएको छ । केन्द्रले मंगलबार बिहान ६ बजे सूचना जारी गर्दै बुटवलभन्दा तल्लो तटीय क्षेत्रका […]
अमेरिकामा लुकेर बसेका सबै नेपालीलाई तुरुन्त देश निकाला गर्ने तयारी
काठमाडौं । गलत बाटोबाट अमेरिका पुगेर शरणार्थी भइ लुकेका विदेशी नागरिकलाई अमेरिकाले धमाधम पक्राउ गरेर फर्काउन लागेको छ । यसैक्रममा अमेरिकाले फेरि गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न नयाँ नीति ल्याएको छ । यस नीतिले त्यहाँ गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरु समेत पर्नसक्ने बताइएको छ । अमेरिकामा ठूलो संख्यामा नेपालीहरु पनि शरणार्थी बनेर बसोवास गर्दै […]
दाङमा हत्या भएको नौ वर्षसम्म हत्यारा पत्ता लागेन
लमही, ७ साउन । दाङका सञ्चारउद्यमी हेमराज धितालको हत्या भएको नौ वर्ष पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । दाङ तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्या भएको सोमबार साउन ६ गते नौ वर्ष पूरा भएको छ । तत्कालीन संविधानसभा चुनावको प्रचारप्रसार गरेर फर्कने क्रममा विसं २०६७ साउन ६ गते धितालको हत्या भएको […]
बागलुङ : पहिरोमा परी एकको मृत्यु
बागलुङ, ७ साउन । अविरल वर्षासँगै आज बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ । बिहान करीब ६ बजेतिर गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताए। गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो […]
बाग्लुङ्गमा उद्धार गरिएका बालक आफन्तको जिम्मा
गलकोट, ७ साउन । गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ । पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार विभाग कास्कीले तीन बालकको उद्धार गरेको थियो । बागलुङ जिल्लाको जैमिनी […]
पर्बतमा प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा
पर्वत, ७ साउन । पर्वत जिल्लाको विकट गाउँमा एक दशक पहिले स्थापना गरिएको टेलिमेडिसिन सेन्टरमा दिइने स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । फलेवास नगरपालिका–८ ठानामौला गाउँमा २०६६ देखि सञ्चालनमा आएको टेलिमेडिसन सेन्टरमा स्वास्थ्य सेवा प्रभावकारी भएपछि बिरामीको भीड लाग्न थालेको हो । स्थानीय चार भञ्ज्याङ सेवा केन्द्रले टेलिमेडिसिन सेवा सञ्चालन गरेको यस सेन्टरमा इन्टरनेटको […]
Two absconders arrested; one still at large
Ranjha, July 23, Two detainees who had absconded from the Area Police Office, Dhanauli based in Khajura rural municipality of Banke have been arrested. One detainee is still at large. Bir Bahadur Oli, Deputy Superintendant of Police at Banke District Office, shared the police on Monday nabbed Nirmal Thapa, 19, and Ujjwal Karki, of Khajura […]









