ललितपुर । अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर अनलाइज जुवा खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर-१० नख्खुको सनराइज अपार्टमेन्टको फ्ल्याट र वडा नम्बर-२६ को घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेका १२ नेपाली र पाँच भारतीयलाई सोमबार पक्राउ गरेको हो। पक्राउ परेका पाँच भारतीय नागरिक सबै बिहारका छन् भने नेपाली […]
Author: Nonstop Khabar
मोटरसाइकल दुर्घटनामा ३५ वर्षिय युवकको निधन
सर्लाही । सर्लाहीको वरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै कटानीबाट कडरियाटोल तर्फ जादै गरेको ना ४६प २८२० नम्बरको मोटरसाईकल आज बिहान पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साईडमा ३ मिटर तल खस्न जाँदा चालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाईकल चालक मलंगवा नगरपालिका ४ बस्ने कैलाश रायको छोरा बर्ष ३५ को घनश्याम राय रहेको […]
प्रतिनिधि सभाको बैठक बस्न सकेन, भोलि बुधबार १ बजे बस्ने
काठमाडौ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्न सकेन । बिहान ११ बजे बस्नपर्ने बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको थियो । तर, प्रतिपक्षी दलहरु सहमतिमा नआएपछि बैठक बस्दै नबसी भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद चल्न नदिने […]
हकप्रद शेयर निष्कासन गर्न बीमा कम्पनीहरुको मरिहत्ते
काठमाडौ । पछिल्लो समय बीमा कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि धमाधम नेपाल धितोपत्र बोर्डबाट अनुमति माग गरेको छन् । सोहि क्रममा चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म ६ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति प्राप्त गरिसकेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार बाँकी ४ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि अनुमति पर्खिरहेका […]
प्रतिनिधिसभाको बैठक २ बजे बस्ने सूचना, अझै छैन सुनिश्चितता
प्रतिनिधिसभाको आज बिहान बस्ने बैठक सरेर दिउँसो २ बजे बस्ने भएको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक विपक्षी दलका अवरोधको कारण संचालन हुन सकेन । बैठ्क २ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले सूचना टाँस गरेको भएपनि बैठक सुचारु हुने सुनिश्चितता छैन । सदन खुलाउने सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
भक्तपुरमा रायड सेयर गर्ने सवारीमाथि निगरानी, १० रायडर प्रहरी नियन्त्रणमा
भक्तपुर । सायड सेयरिङ गर्ने सवारी चालकहरूले सार्वजनिक सवारी सञ्चालन नभएको मौका छोपी बढी भाडा असुल गरेको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले चेकजाँचमा कडाइ गरेको छ । कार्यालय प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीको नेतृत्वमा ट्राफिक प्रहरीहरु चेकजाँचमा खटिएका छन् । उनीहरुले राइडिङ सेयर गरिरहेका सवारी साधनलाई रोकी आवश्यक चेकजाँच गरिरहेका देखिन्छन् । […]
अपराह्नदेखि सार्वजनिक यातायात सुचारु हुनसक्ने
काठमाडौ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सोमबार राति सहमति भएसंगै देशभर रोकिएका सार्वजनिक सवारी साधन चल्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रातभर चलेको तेस्रो चरणको वार्ताले सहमति निकाल्दै आन्दोलन अन्त्यतर्फ मोडिएको हो। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरकाअनुसार संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली तत्काल स्थगन गर्न […]
बजेटले नवउदारवाद र विकृत पुँजीवादलाई प्रश्रय दिएको पूर्व अर्थमन्त्री शर्माको टिप्पणी
काठमाडौ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट यथार्थपरक नभएको आरोप लगाउँदै गम्भीर समिक्षा गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आयोजित ‘बजेटः अ होलिस्टिक डिस्कोर्स’ कार्यक्रममा बोल्दै शर्माले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने कुरा गरेपनि रुग्ण उद्योग संचालनको पहल नगरेको बताए । जलविद्युतमा ४० खर्ब रुपैयाँ डुबिसकेको भन्दै उनले […]
पैसा असुलीमा ट्राफिक प्रहरी, मानवीयताको छैन मूल्य
काठमाडौ । ट्राफिक प्रहरी घामपानी नभनी सडकमा बसेका हुन्छन् । नागरिक सेवाको लागि कर्तब्य पुरा गरिरहेका ट्राफिक प्रहरीप्रति नागरिक स्वयं भने सकारात्मक छैनन् । प्रायः नागरिकले मन नपराउने ट्राफिक दयालाग्दो गरी सडकमा दौडिरहेकै हुन्छन् । ट्राफिक नागरिकबाट टाढा हुनुको एउटै कारण हो मानवीय मूल्य नबुझ्नु र आफ्नो मूल्य असुलीलाई मात्र महत्व दिनु । सोमबार यस्तै […]
राइड सेयरिङसम्बन्धी विवादले सार्वजनिक यातायात ठप्प, के हो माग
काठमाडौ । राइड सेयरिङसम्बन्धी विवादले यातायात व्यवसायी आन्दोलित भएका छन् । सोमबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा अनिश्चितकालीन यातायात बन्द सुरु भएको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार समितिको निर्णय अनुसार सार्वजनिक सवारी ग्यारेजमै थन्किएका छन्। यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले […]










