प्रसाईं लगायत ७ लाई पुर्पक्षका लागि थुनामा पठाइयो, ३२ रिहा

काठमाडौ । चैत १५ गते तीनकुनेमा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोप लागेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति उक्त आदेश दिएको हो।

प्रसाईका कानुन ब्यवसायी स्वागत नेपालले अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा पठाइएपनि प्रसाईको क्यान्सर उपचारलाई ध्यानमा राख्दै सम्बन्धित अस्पतालमै राख्ने व्यवस्थाका लागि पनि आदेश भएको छ ।

प्रसाईसँगै सरोज गौतम, गोकर्ण शाही, सुशील बराल, केशब बस्नेत, कुमार तामाङ र दण्डपानी रेग्मीलाई पनि थुनामा राख्न आदेश दिइएको छ। यस्तै, आन्दोलनसँग जोडिएर पक्राउ परेका अन्य ३२ जनालाई भने धरौटीमा रिहा गरिएको छ।