सडक डिभिजनका प्रमुख नौ लाख घुससहित पक्राउ

कास्की, २४ साउन । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ । अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको […]

साउन २४ गते शुक्रबारको राशीफल, कुन राशीलाई आज कस्तो

वि.सं. २०७६ साउन २४ गते शुक्रबार । इ.स. २०१९ अगस्ट ९ तारिख । नेपाल संवत ११३९ गुँलाथ्व । श्रावण शुक्लपक्ष । नवमी, १३:५६ उप्रान्त दशमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा […]

काश्मिरमा धमाधम मान्छे पक्रदै मोदी सरकार, सेनाले पक्र्यो ५०० बढी काश्मिरी नागरिक

एजेन्सी । मोदी सरकारले जम्मु काश्मिरको विशेष राज्यको अधिकार खारेज गरी केन्द्र शासित क्षेत्र बनाउने निर्णयसँगै यहाँ ठूलो संख्यामा मानिसहरु पनि पक्राउ गर्न सुरु गरेको छ । मोदी सरकारले सेना नै परिचालन गरेर मानिसहरु पक्राउ गर्न सुरु गरेको हो । यसअघि पूर्व मुख्यमन्त्रीहरुसहित केही ठूला नेताहरुलाई नजरवन्दमा राखेको भारतीय सेनाले पछिल्लो समय ५०० जना नागरिकलाई […]

फेरि सेनाका दुई जर्नेलको जन्ममिति विवादमा, आखिर किन आउँछ सुरक्षा निकायका उच्च तहमा उमेर विवाद

काठमाडौ, २२ साउन । नेपालको सुरक्षा निकायमा उमेर विवाद स्थायी रोगजस्तै भएको छ । नेपाली सेना र प्रहरीका उच्च तहका धेरै अधिकृतहरुको उमेर विवाद आइरहन्छ । यसैक्रममा नेपाली सेनाका दुई सैनिक उच्च अधिकृतको जन्ममिति विवादमा आएको छ। नेपाली सेनाका सहायक रथी अशोकराज सिग्देल र उपरथी ताराध्वज पाण्डेको जन्ममिति शैक्षिक योग्यता प्रमाणपत्रमा फरक देखिएपछि उनीहरु विवादमा […]

सुनको मुल्य सत्तरी हजार पुगेपछि बजारमा हल्लीखल्ली

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै महङ्गो भएको छ । बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेर सत्तरी हजार पुगेको हो । बिहीवार सुनको मुल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला ७० हजार रुपैंया पुगेको छ । बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार प्रतितोला ७० हजार पुगेको हो । त्यस्तै बुधबार प्रति तोला ८ सय […]

पूर्वाञ्चल विश्वविद्यालयका अधिकृत दरवारमार्गको शेर्पा मलमा सात लाख घुस लिँदा लिँदै पक्राउ

काठमाडौँ, २३ साउन । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत करिव सात लाख घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई रंगेहात पक्राउ गरेको हो । कोइरालालाई आयोगको टोलीले दरवारमार्गमा रहेको शेर्पा मलबाट समातेको हो । टोलीले उनको साथबाट ६ लाख ७५ हजार घुस रकम […]

पत्रकारसँग मन्त्री भट्टराईका रोचक–घोचक ठट्टा, ‘मैले क्याम्प चेन्ज गरे तपाईलाई घाटा त भएन नि !

बुटवल, २३ साउन । योगेश भट्टराई नेपाली राजनीतिमा संघर्षशील र स्पष्ट विचार राख्ने युवा नेताका रुपमा चिनिन्छन् । पार्टीमा लामो समय प्रचार विभागमा काम गरेकाले उनी मिडिया मैत्री छन् । उनको मिडिया मैत्री शैली बेलाबेलामा मिडियामा देखा पर्छ । त्यही मिडियामैत्री स्वभावका कारण उनी कहिलेकाही औपचारिक कार्यक्रममा पनि मिडियाकर्मीसामु अनौपचारिक शैलीमा प्रस्तुत हुन्छन् । यस्तै […]

रारामार्टको अफर-अनलाइन सपिङ पनि, निशुल्क बीमा पनि

काठमाडौँ, २३ साउन । रारा ईन्कर्पोरेशन नेपाल प्रा.लि.ले नयाँ नेपाली अनलाइन सपिङ सुरू गरेको छ । प्रबिधिको उच्चतम प्रयोग गरी ब्यपारलाई सबलीकरण गर्ने तथा बस्तुको लागत घटाई उपभोक्तालाई कम मुल्यमा गुणस्तरीय बस्तुहरु प्रदान गर्ने उद्धेश्य सहित अनलाइन सपिङ सुरू गरेको हो । बिहिबार एक पत्रकार सम्मलेनको आयोजन गरी रारामार्ट सुभारम्भका साथै निशुल्क स्वास्थ्य बीमा समेत […]

पञ्चेश्वर बाँधस्थलमा चट्टान परीक्षण

कञ्चनपुर, २३ साउन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल पहिचान भएको लामो समयपछि चट्टान परीक्षणको कार्य भइरहेको छ ।नेपाल–भारतका प्राविधिक टोलीले संयुक्तरुपमा बाँधस्थल र पावरहाउस रहने स्थानमा चट्टान परीक्षणको कार्य गर्न लागेका हुन् । “डडेल्धुराको रुपाली गाडमा चट्टानको अवस्था परीक्षण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ”, आयोजनाका सहनिर्देशक चिरञ्जीवी चटौतले भन्नुभयो, “पञ्चेश्वर क्षेत्रमा कार्य शुरु […]

बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

ओखलढुङ्गा, २३ साउन । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान […]