रारामार्टको अफर-अनलाइन सपिङ पनि, निशुल्क बीमा पनि

काठमाडौँ, २३ साउन । रारा ईन्कर्पोरेशन नेपाल प्रा.लि.ले नयाँ नेपाली अनलाइन सपिङ सुरू गरेको छ । प्रबिधिको उच्चतम प्रयोग गरी ब्यपारलाई सबलीकरण गर्ने तथा बस्तुको लागत घटाई उपभोक्तालाई कम मुल्यमा गुणस्तरीय बस्तुहरु प्रदान गर्ने उद्धेश्य सहित अनलाइन सपिङ सुरू गरेको हो ।

बिहिबार एक पत्रकार सम्मलेनको आयोजन गरी रारामार्ट सुभारम्भका साथै निशुल्क स्वास्थ्य बीमा समेत सुरु गरेको कम्पनीका निर्देशक प्रदिपजंग पाण्डेले जानकारी दिए । पाण्डेले २४ घण्टामा उपत्यका सबै ठाउँमा सेवा उपलब्ध गराउने समेत बताए।

उनले सञ्चारकर्मीहरूसित कुरा गर्दै रारामार्टले नेपालमा फरक खालका प्रडक्टहरू ग्राहकहरूको सेवा र सुबिधालाइ प्राथामिक्तामा राख्ने दावी गरे ।

अनलाइन सपिङ गरेबापत निशुल्क स्वास्थ्य बीमा समेत गर्ने कम्पनीले जानकारी दिएको छ । हरेक सामानको निशुल्क डेलिभरी बजारको भन्दा कम मुल्य र गुणस्तरीय सामान उपलब्ध गराउने मार्टले बताएको छ ।

साथै हप्ताको छैठौँ दिन शुक्रबार रारा फ्राइडे संचालन हुने बताइएको छ । बिहान १२ बजेदेखि सुरू हुने रारा फ्राइडे राति १२ बजेसम्मा संचालन हुने बताइएको छ ।

Loading...