काठमाडौं, २४ साउन । सम्पति सुद्धिकरण विभागले म्यानपावर व्यवसायीको सम्पत्ति छानविन गर्ने भएको छ । पछिल्लो समय शंकास्पद कारोबारमाथि अनुसन्धान तीव्र पारेको सम्पत्ति शुद्धीकरण विभागले म्यानपावर व्यवसायीमाथि पनि नजर लगाएको हो । नेपालका सक्रिय श्रमशक्ति विदेश पठाएर ठूलो रकम कमाएका म्यानपावरहरुमाथि अनुसन्धान गर्न विभागले आन्तरिक तयारी सबै गरिसकेको बताएको छ । सरकारले तोेकेको शुल्कभन्दा पनि […]
Author: Nonstop Khabar
वैदेशिक रोजगारीका क्रममा मृत्यु
बेझाड, २४ साउन । वैदेशिक रोजगारीको क्रममा एक नेपाली युवकको मृत्यु भएको छ । वैदेशिक रोजगारमा पाँच वर्षदेखि दुबईस्थित लुलुको गयाती मार्केटमा कार्यरत चापाकोट– ८ माडीका ४४ वर्षीय मधुसुधन पाण्डेको निधन भएको हो । गएको साउन १९ गते आइतबार कोठामा सुतेको अवस्थामा मृत्यु भएको चापाकोट एकता समाज यूएईका अध्यक्ष युवराज घिमिरेले जानकारी दिए । पाण्डेको […]
लुम्बिनी गुरुयोजना ८२ प्रतिशत पूरा
लुम्बिनी, २४ साउन । लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको छ । बृहत्तर लुम्बिनी गुरुयोजनाको काम सम्पन्न गर्न झण्डै दुई सय अर्ब आवश्यक पर्ने लुम्बिनी विकास कोषले जनाएको छ । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अध्यक्षता गर्नुभएको उक्त बैठकमा प्रा केन्जो टाँगेको गुरुयोजना, लुम्बिनी क्षेत्रमा भएका उत्खननको प्रभावकारिता र […]
महेन्द्र र चमेरे गुफामा भारतीय पर्यटक बढे
पोखरा, २४ साउन । पर्यटकीय नगरी पोखराको आकर्षणमध्येका महेन्द्र र चमेरे गुफामा भारतीय पर्यटकको सङ्ख्यामा वृद्घि भएको छ । प्राकृतिक गुफाका रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५/७६ मा उल्लेख्य रुपमा भारतीय पर्यटकले अवलोकन गरेका गुफा सचिवालयले जनाएको छ । गत आर्थिक वर्षमा महेन्द्र गुपmामा मात्रै ८४ हजार ६१२ र चमेरे गुफामा ४२ हजार ८५४ […]
मासु र दूध उत्पादनमा वृद्धि
हेटौँडा, २४ साउन । प्रदेश नं ३ ले मासु र दूध उत्पादनमा उल्लेख्य प्रगति गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा दूध र मासु उत्पादनको दर निकै बढेको तथ्याङ्कले देखाएको छ । […]
चाडमा साम्प्रदायिक झडपमा ३७ जनाको मृत्यु
एनजमेना, चाड, २४ साउन । पूर्वी चाडमा प्रतिस्पर्धी जातीय समूहबीच भएका झडपमा यस हप्ता कम्तीमा ३७ जनाको मृत्यु भएको चाडका राष्ट्रपति इद्रिस देबाइले शुक्रबार बताएका छन् । “पूर्वी चाडमा हप्ताभर भएका साम्प्रदायिक झगडाले उग्ररूप लिएपछि यो राष्ट्रिय चासोको बिषय बनेको छ,” अफ्रिकी मुलुक चाडका राष्ट्रपति देबाइले भने । स्वतन्त्रता दिवसको अवसरमा गरेको पत्रकार सम्मेलनमा राष्ट्रपतिले […]
‘पूर्व तयारी बिना पूर्वाधार आयोजना सञ्चालन गर्न नहुने’
काठमाडौँ, २४ साउन । पूर्वाधार निर्माणमा आयोजनागत तयारी नहुँदा काम समयमा नहुने गरेकाले पूर्व अध्ययन बिना ठेक्का गर्नु नहुनेमा जोड दिइएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा सांसद महेश बस्नेतले एक अर्ब लाग्ने आयोजनामा वार्षिक एक करोड बजेट हालेर अघि बढाउँदा वर्षौँ अलपत्र […]
नेपालले पांच राष्ट्र सम्मिलित टि–ट्वान्टी क्रिकेट खेल्ने
काठमाडौँ, २४ साउन । नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेट सङ्घले आगामी असोज १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै असोज २० गते नेदरल्याण्डसँग, असोज २२ […]
‘पार्टीले समय अनुसार सिद्धान्त परिमार्जन गर्नुपर्ने’
काठमाडौँ, २४ साउन । राजनीतिक दलले समयअनुसार आफ्ना पार्टीका सिद्धान्तलाई लागू गराउनुपर्ने राजनीतिक विश्लेषकले बताएका छन् । समाजशास्त्रीय समाजले आज आयोजना गरेको ‘हामीले चाहेको लोकतन्त्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक प्रा डा कृष्ण खनालले राजनीतिक दलले पुरानो विचार लादेर राजनीतिक गरिरहेका बताए । “कम्युनिष्ट पुष्पलाल श्रेष्ठको र नेपाली काङ्ग्रेस बिपी कोइरालाको बिचारमा अहिले पनि अघि […]
आपूर्ति व्यवस्थालाई सहज बनाउन तीनै तहका सरकारबीच छलफल
काठमाडौँ, २४ साउन । आपूर्ति व्यवस्थापनलाई सहज बनाउँदै उपभोक्ता अधिकार स्थापित गराउन सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य थालेको छ । अन्य समयको तुलनामा चाडपर्वमा उपभोक्तामाथि विभिन्न नाममा ठगी हुने गरेका विगतको उदाहरणबाट पाठ सिक्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले आज आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सातै प्रदेशका वाणिज्य तथा आपूर्तिसँग सम्बन्धितमन्त्री, महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुखसँग […]











