इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई पुस्तक ‘ इन्द्रजात्रा ’ प्रदान

  काठमाडौँ । इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई आज ‘इन्द्रजात्रा’ पुस्तक वितरण गरिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तक प्रदान गर्नुभएको हो । डा. अजय क्रान्ति शाक्य र सुरेश किरण मानन्धरको लेखन र सन्ध्या बज्राचार्यको सहलेखन रहेको यो पुस्तक सहरी योजना आयोगले प्रकाशनमा ल्याएको हो । ०७७ भदौमा १ हजार प्रति छापेर पुस्तकको पहिलो संस्करण […]

३० दिनभित्र कर र जरिवाना नबुझाए काठमाडौँ महानगरले सम्पत्ति रोक्का गरि कर असुल गर्ने

काठमाडौं । घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर काठमाडौँ महानगरपालिकाले नाम सार्वजनिक गरेको छ । आज नाम सार्वजनिक गर्दै राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र […]

सर्वोच्च द्वारा ब्यबसायको आधारमा राखिएको थरलाइ परिवर्तन गर्न पाउने कानुनी बाटो खुल्ला

  काठमाडौँ।  सर्वोच्च अदालतले नेवार समुदाय भित्रको शाही ,खड्गी जातीले पेशा ब्यबसायको आधारमा राखिएको थरलाइ परिवर्तन गर्न पाउने कानुनी बाटो खोलिदिएको छ ।  राज्यबाट प्रदान गरेको नागरिकता ,राहदानी , शैक्षिक प्रमाण पत्र लगाएत सरकारी कागजातमा साबिकमा प्रयुक्त अपहेलित युक्त थरको सट्टा आत्मसम्मानको बोध हुने थरहरु नाय:,शिंह,शाही ,खड्गी कयेम गराउन यथाशिघ्र आवश्यक कानुनी तथा व्यबस्थाकीय प्रवन्ध […]

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजको बिरोधमा सरकार बिरुद्द नाराबाजी

काठमाडौँ। नेकपा एमाले अध्क्षय केपी ओली पक्षका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ। राष्ट्रिय युवा संघ नेपालले  बिहीबार भक्तपुर जिल्लाको मनोहरा सुकुम्बासी बस्तीमा पुगी सरकारले हालै भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज बिरुद्द नाराबाजी गरेको हो। भुमि हिन जनताको लागि भूमि सम्बन्धी समस्या समाधान आयोग पुनर्स्थापित नभएसम्म सरकार विरुद्ध आन्दोलन […]

पुरातात्विक धार्मिक महत्त्वको बहुमुल्य धर्मग्रन्थ हो भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौँ। बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ हो भनि देखाइ, झुक्याई सर्बसाधारणलाई प्रलोभनमा पारी नगद ठगी गर्ने दुइ जना पक्राउ परेका छन्। महानगरी अपराध महाशाखाले सर्बसाधारणलाई बहुमुल्य प्राचिन बौद्ध धर्म ग्रन्थ भनि प्रलोभनमा पारी नगद ठगी गर्ने समुहको खोजतलास गर्ने क्रममा आशिष लामा तामाङ र रजिन राई बिहिबार पक्रउ परेका हुन् ।       […]

नेवार समुदायले आज यस कारण घण्टा कर्ण (गथा मुग:) पर्व मनाउने गर्दछ

काठमाडौँ ।प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व  ‘गथा मुग: ”  घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ । […]

बजार अनुगमनप्रति उत्पादन क्षेत्र, व्यापार क्षेत्र र उपभोक्ताको विश्वाश हुने काम गर्नु पर्छ : उपप्रमुख खड्गी

  साउन २२ ,काठमाडौँ ।  काठमाडौँ महानगर पालिकाकि उप-प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले बजार अनुगमनप्रति उत्पादन क्षेत्र, व्यापार क्षेत्र र उपभोक्ताको विश्वाश हुने काम गर्नु पर्ने बताउनु भएको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं महानगरकी उपप्रमुख खड्गीको अध्यक्षतामा बिहिबार बसेको बैठकले बजार अनुगमन गर्दा वाणिज्य विभाग र सम्बन्धित पालिकासँग समन्वय गरेर उत्पादन […]

कवि दुर्गालाल श्रेष्ठको जीवनी पुस्तक प्रकाशन गरिदै

  काठमाडौँ। नेपाल सम्वत अनुसार श्रावणकृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ बुधबार ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गरेका छन् । यसै अवसरमा श्री दुर्गालाल साहित्य प्रतिष्ठानले बि. सं. २०७८ भित्रै नेपाली भाषामा उनको जीवनी प्रकाशित गर्ने घोषणा गरेको छ । अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उनको जीवनी ‘कवि कथा’ लेखनको अन्तिम चरणमा छ । […]

जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुरले दिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

  काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आयोगले राजनीतिक दल सम्बन्धी ऐनले निर्धारण गरेको प्रकृया अवलम्बन गर्दै आधिकारिकताको विवाद निरुपण गरेकाले न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव समूहलाई […]

भेरोसेलको दोस्रो डोज काठमाडौंमा शुक्रवारबाट लगाईदै

  काठमाडौं । काठमाडौंमा साउन २२ देखि २४ गते आईतवारसम्म पहिलो डोज भेरोसेल लगाइएकोलाई दोस्रो डोज लगाईने भएको छ ।  काठमाडौं महानगरका ३२ वटै वडा र अन्य १० वटा नगरपालिकाका संभाव भएसम्म सबै वडा, नजिकको स्कुल, स्वास्थ्य संस्थामा खोप केन्द्र राखेर खोप कार्यक्रम संचालन गरिने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग […]