नेवार समुदायले आज यस कारण घण्टा कर्ण (गथा मुग:) पर्व मनाउने गर्दछ

काठमाडौँ ।प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व  ‘गथा मुग: ”  घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ ।
श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ ।
बिहानै बात ठड्याइएका नर्कका त्रिपदमा घण्टाकर्णको चित्र सजाई कुमार ,गणेश आदिइत्यादि देवीदेवताको पूजा गर्दै साँझ एक व्येक्तिलाई घण्टाकर्ण गाथामुग को रुपमा विधि पुर्याई सोहि नर्कतबात निर्मित त्रिपदमा बसाली नजिकैको खोलामालागि बिसर्जन गर्ने गरिन्छ ।
गथामुग घण्टा कर्णको बारेमा अनेकौ आख्यान मध्ये कुनै समएमा मानिसको संख्या निकै कम रहेको बेला खेतीको समएमा अन्नबाली उब्जाउन नसके अनिकाल लाग्ने डर थियो । त्यसै कारण तन्त्रबिध्याको माध्यमबाट मानिस भन्दा बलवान भूतलाई तन्त्र बिध्यबात बसमा राखी सम्पूर्ण खेतीको काम गराइन्थ्यो । नियेंत्रित बलशाली भुतबात निकै भय रहेता पनि ख्वाई पिलाई गरि खनजोत ,रोपाई अफ्ठ्यारा कृषि काम सकी सधै भरि पाल्न नसकिने हुदा बन्धन मुक्त गर्नका लागि भुतात्मामा विधिपुर्याई बाहिर पन्छाउने पर्व नै गथामुग घण्टा कर्ण पर्वक रुपमा लिइन्छ ।
साथै यस दिनमा नेवार समुदयेमा तन्त्र बिद्या सिद्द गर्ने दिनका रुपमा पनि लिइन्छ । बर्ष भरिमा यो दिन तान्त्रिक बिद्या सिक्न उपयुक्त दिन हुने भएका कारण पर्वको मध्ये रातमा पिठ पिठमा कुबिध्या साधना गरिने भनाइ रही आएको छ । यसरी सिकेका कुबिध्याले कुप्रभाव नापरिस भन्नकालागि घरका मूल ढोकासहितमा फलानाका त्रिकोणात्मक किला ठोकी पञ्च धातु पहिरिने प्रचलन रहेको छ ।
साथै काठमाडौँ नेवा: समुदायका टोल दोबाता चौबाटामा ठड्याइएका नर्कटको तथा थिमी भक्तपुर लगाएत स्थानमा परालबात बनाइएका त्रिपद गाथामुग घण्टा कर्णमा ससाना नानीका कपडाका टुक्राबाट पुतली बनाई झुन्ड्याइनाले विभिन्न रोगबाट मुक्तहुने जनविश्वास रही आएको छ । 
यो बर्ष कोरना महामारीका कारण कतिपय स्थानमा औपचारिकता भित्र सिमित राखिने गरि यो पर्व मानिने भएको छ, भने कतै कतै स्वाथ्य सुरक्षा सावधानीका साथ धेरै भिड नगरी छोट्याईने भएको छ।

Loading...