भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजको बिरोधमा सरकार बिरुद्द नाराबाजी

काठमाडौँ। नेकपा एमाले अध्क्षय केपी ओली पक्षका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ। राष्ट्रिय युवा संघ नेपालले  बिहीबार भक्तपुर जिल्लाको मनोहरा सुकुम्बासी बस्तीमा पुगी सरकारले हालै भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज बिरुद्द नाराबाजी गरेको हो। भुमि हिन जनताको लागि भूमि सम्बन्धी समस्या समाधान आयोग पुनर्स्थापित नभएसम्म सरकार विरुद्ध आन्दोलन गर्ने उनुहरुले चेतावनी समेत दिएका छन् ।
पुर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर अहिलेको सरकारले १९ साउनमा देवि ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।
प्रदर्शनका क्रममा सुकुम्बासी जनता लगायत राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर, देउवा यु आर नट माइ प्राइमिनिस्टर, मेरो जमिन, मेरो बास, किन खोसिस् नालायक सरकार ?, माफिया देउवा, सुकुम्बासी मारुवा, देउवा तिम्रो बच्चा बेलायत पढ्ने, हाम्रा बच्चा घरबाट खेद्ने ?, आफ्नै पौरखले खाने, आफ्नै सिपमा बाँच्ने हामी, कहिलेसम्म अध्यारोमा जीवन जिउने हामी ?, आफ्नै देशमा बस्न नपाईने हो र सरकार ?, हामी मानिस हौं, जंगली जनावर हैनौं, विदेशीले सीमा बेच्दा नवोल्ने सरकार, आज हाम्रो जमिन खोस्न हतार, जमिन त खोसिस् सरकार, नागरिकता पनि खोस्, संविधानले त दिएकै थियो, तर परमादेशले खोसी लियो, हाम्रो पनि परिवार छ, हामीलाई पनि घरमा बस्न पाउने अधिकार छ, जमिन हाम्रो मौलिक अधिकार, किन खोसिस् नालायक सरकार ?, सरकारी फण्डा दिनौ दिन, उठौं जागौं भूमिहिन, सरकारी दमन दिनै दिन, गरिवको शक्ति बेलैमा चिन, भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर लगायतका नाराहरु लगाएको छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले परमादेश सरकारले गरिव तथा भूमिहिन जनताको टाउकोमा घनले हानेको उल्लेख गर्दै सुकुम्वासीले संविधानले ग्यारेन्टि गरेको कुरालाई लात हान्दै भूमिहिन जनताको भाग्य र भविष्यमाथि खेलवाड गरेको भन्दै आक्रोस जनाए ।
तेस्तै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं युथफोर्स प्रमुख क्षितिज थेवेले एक लाख ८८ हजार भुमिहिन सुकुम्वासीहरूलाई लालपुर्जा दिने अन्तिम अवस्थामा पुगेको आयोग खारेज गरि पुर्व प्रधानमन्त्री सम्मानिय केपी ओली नेतृत्वको सरकारले १२ लाख करिब १२ लाख भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानको तयारी गरिरहेकोमा अहिलेको परमादेश सरकारले जनघाती काम गरेको बताएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष तथा युथफोर्सका संयोजक क्षितिज थेवे, उपाध्यक्ष तथा युथफोर्स सहसंयोजक पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा प्रचार प्रमुख अशोक चौलागाई, उपाध्यक्ष तथा महिला विभाग प्रमुख उर्मिला सुनुवार, उपमहासचिव रामजी सापकोटा क्षेत्र नं ८ बाट नेकपा एमाले काठमाडौं महानगर कमिटीका सदस्य एवं उपत्यका युथफोर्स कमान्डर उद्दव खड्गी , नेकपा एमाले काठमाडौं महानगर कमिटीका सदस्य राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं उपत्यका युथफोर्स कमान्डर निसार उद्दिन, क्षेत्र नं ९बाट उपत्यका युथफोर्स कमान्डर राम खड्गी,भुपाल खड्का,श्याम कुमार तामाङ,राष्ट्रिय युवा संघ नेपाल १४ वडा कमिटीका अध्यक्ष सुमन चित्रकार ज्युहरु लगायत विभिन्न क्षेत्र बाट युवा नेताहरुले नेतृत्व गर्दै निर्णय फिर्ता नलिएसम्म देशैभर भूमिहिन तथा गरिव जनताको पक्षमा आन्दोलनको आँधिवेरी सिजर्ना गर्ने भएको छ ।

Loading...