पुरातात्विक धार्मिक महत्त्वको बहुमुल्य धर्मग्रन्थ हो भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौँ। बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ हो भनि देखाइ, झुक्याई सर्बसाधारणलाई प्रलोभनमा पारी नगद ठगी गर्ने दुइ जना पक्राउ परेका छन्। महानगरी अपराध महाशाखाले सर्बसाधारणलाई बहुमुल्य प्राचिन बौद्ध धर्म ग्रन्थ भनि प्रलोभनमा पारी नगद ठगी गर्ने समुहको खोजतलास गर्ने क्रममा आशिष लामा तामाङ र रजिन राई बिहिबार पक्रउ परेका हुन् ।

        

गोकर्णेश्वर न.पा. वडा नं. ०८ आरुबारी बस्ने हेम प्रकाश मगरलाई प्राचिन पुरातात्विक बौद्ध ग्रन्थको रु.३,८५,००,०००।- (रु. तिन करोड पचासी लाख) मा खरिद बिक्री गर्ने भनी बाहाना बनाई झुक्यानमा पारी निज मगरको साथबाट नगद रु. १३,८९,०००।- (तेह्र लाख उनान्नब्बे हजार) ठगी गर्ने कार्यमा संलग्न रहेका आरोपमा पक्राउ परेका तामाङ र राईलाइ गोकर्णेस्वर आरुबारीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाईएको र सो सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भइरहेको महाशाखाले जनाएको छ ।

Loading...