हुम्लामा भारी हिमपात, एक फिट बाक्लो हिउँ जम्दा तापक्रम माइनस १२ डिग्री सेल्सियस

पुस २५,सिमकोट – शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए […]

एसईई परीक्षा वैशाखमा हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । नियमित तालिकाअनुसार परीक्षा चैतमा एसईई हुने गर्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई […]

कोभिड–१९ विरुद्धको तेस्रो डोज माघको पहिलो साताबाट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप माघको पहिलो साताबाट दिने भएको छ । मन्त्रालयका अनुसार माघको पहिलो साताबाट अग्रपंक्तीमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका र ६० वर्षमाथिका सबैलाई थप एक डोज खोप […]

ट्याक्सी भाडा बढ्यो, अब कति पर्छ ?

पुस २४,काठमाडौं । वाग्मती प्रदेश क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीको भाडा बढेको छ ।  भाडा निर्धारण÷समायोजन तथा विद्युतीय माध्यमबाट भाडा    भुुक्तानी नियमावली   २०७८’   बमोजिम   माघ   १ गतेदेखि   लागूू   हुुनेगरी नेपाल  गुणस्तर  तथा  नापतौल  विभागले छ  हजार  ८७  ट्याक्सीको  मिटर  भाडा समायोजन   तथा निर्धारण  गरिएको  हो। नयाँ भाडादर अनुसार […]

प्रधानमन्त्री देउवा आइसोलेशनमा

काठमाडौँ, २४ पुस  । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए। […]

सामान्य वर्षा र हिमपात हुनसक्ने

पुस १४ , काठमाडौँ । देशका अधिकांश भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिनभरी जस्तो मौसम बदलि रहीरहदा महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा […]

पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेलाको तैयारी तिव्र

पुस२४,काभ्रे  –     ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत  काभ्रेपलाञ्चोकको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला यो बर्ष हुने भएपछी  ब्यबस्थापन तैयारीलाइ  तिव्रता दिइएको छ ।  पनौती नगरपालिका–७ ले सूचना जारी गर्दै माघ महिनाभर लाग्ने बाह्र वर्षे मकर मेलाका लागि स्नानकुण्ड सरसफाइ तथा व्यवस्थापन गर्न यही २६ गतेदेखि नै सो क्षेत्र […]

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ

काठमाडाैं, पुस २४ गते । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी PCR परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हाे। कोरना पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेकोले  उहाँ आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको  बताइएकाे छ। चिकित्सकको  सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको […]

नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु

काठमाडौं, पुस २३  ।  नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ ।   शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी शप भत्काएको हो । पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो । संस्कृति, पर्यटन तथा […]

पृथ्वी जयन्तिमा सार्वजनिक विदा नदिए कडा आन्दोलनः मोर्चा

पुष २३ ,काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्तीमा सार्बजनिक विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौंको संवाद डबलीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्वहरु लागेको आरोप समेत लगाएको छ । मोर्चाका संयोजक तारानाथ लुइटेलले २२से÷२४से गण […]