पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेलाको तैयारी तिव्र

पुस२४,काभ्रे  – 

   ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत  काभ्रेपलाञ्चोकको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला यो बर्ष हुने भएपछी  ब्यबस्थापन तैयारीलाइ  तिव्रता दिइएको छ ।  पनौती नगरपालिका–७ ले सूचना जारी गर्दै माघ महिनाभर लाग्ने बाह्र वर्षे मकर मेलाका लागि स्नानकुण्ड सरसफाइ तथा व्यवस्थापन गर्न यही २६ गतेदेखि नै सो क्षेत्र भएर संचालन हुने  टिपर बन्द गर्ने निर्णय  गरेको हो ।

नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी ९ काभ्रे एकीकृत खानेपानीबाट आएको पानी जम्मा गरि  स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

मूल व्यवस्थापन समितिले पुस २५ गतेभित्रमा भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने जानकारी दिएको छ  । नगरपालिकाको वडा नं ६ र ७ को सङ्गमस्थल पनौती त्रिवेणीघाटदेखि गोरखनाथ डाँडामा लाग्ने बाह्र वर्षे मकर मेलाको लागि आवश्यक पर्ने भौतिक संरचनासहित सरसफाइ, रङरोगन, प्रचारप्रसार, सवारी पार्किङ र सडकको वैकल्पिक व्यवस्थापनलगायतका काम भइरहेको छ । ‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्ने नाराका साथ आउँदो माघ १ गतेदेखि एक महिनासम्म मेला लाग्ने भएको छ  ।

मेलामा आउने दर्शनार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै समितिले पाँच वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने र सुरक्षा व्यवस्थापन गर्न सिसीटिभी जडान गर्ने कामलाई प्राथमिकतामा राखिएको छ । मेला लक्षित गरी नगरभित्रका सबै मठमन्दिर, गुम्बा, देवल, सडकखण्ड, पर्यटकीयस्थल, सार्वजनिकस्थल मर्मतसम्भार र सरसफाइको कामलाई प्राथमिकतामा दिइएको छ । दर्शनार्थीको सजिलोका लागि विन्धवासिनी बचत तथा ऋण सहकारीसँगको समन्वयमा बनेपादेखि पनौतीसम्मको सडकखण्डमा १५ विश्रामस्थल निर्माण गरिने छ ।

 यसअघि २०६६ सालमा भएको मेलामा उल्लेख्य जनसहभागिता भएकाले यस पटक पनि त्यही हाराहारीमा सहभागिता हुने अनुमान समितिको छ ।

संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को) द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई गएको बर्ष  विश्व सम्पदामा सूचीकृ भएको हो ।