नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ

काठमाडाैं, पुस २४ गते । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी PCR परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हाे। कोरना पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेकोले  उहाँ आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको  बताइएकाे छ।

चिकित्सकको  सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ । 

पुस २५ गते हुने भनिएकाे केन्द्रीय समितिकाे बैठक माघ ८ गतेसम्मकाे लागि स्थगित गरिएकाे छ ।

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई पनि कोरोना पोजेटिभ पुष्टि

यस्तै, साेही पार्टीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएकाे छ । 

‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’  उहाँले सामाजिक सञ्जालमा जानकारी दिनुभएकाे हाे ।