सामान्य वर्षा र हिमपात हुनसक्ने

पुस १४ , काठमाडौँ ।

देशका अधिकांश भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिनभरी जस्तो मौसम बदलि रहीरहदा महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने आकनल गरेको छ। बर्षा र हिमपातका कारण अत्यधिक चिसो बढ्न हुनसक्ने भएकाले प्रभावबाट जोखिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आइतबार सुदूरपश्चिमाञ्चल र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
यसैगरि उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा छिटफुट बर्षा हुदा न्यूनतम तापक्रम ७ दशमलब ६ र अधिकतम तापक्रम १८ दशमलब २ डिग्री सेल्सियस रहेको छ ।

 

Loading...