ट्याक्सी भाडा बढ्यो, अब कति पर्छ ?

पुस २४,काठमाडौं ।

वाग्मती प्रदेश क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीको भाडा बढेको छ । 

भाडा निर्धारण÷समायोजन तथा विद्युतीय माध्यमबाट भाडा    भुुक्तानी नियमावली   २०७८’   बमोजिम   माघ   १ गतेदेखि   लागूू   हुुनेगरी नेपाल  गुणस्तर  तथा  नापतौल  विभागले छ  हजार  ८७  ट्याक्सीको  मिटर  भाडा समायोजन   तथा निर्धारण  गरिएको  हो।

नयाँ भाडादर अनुसार ट्याक्सी चढेपछि पहिलो १ किलोमिटरसम्मको यात्राको लागि ६० रुपैयाँ लाग्नेछ भने क्रमस  त्यसपछि प्रत्येक  २ सय मिटरकाे ९ रुपैयाँ ८० पैसाका दरले थप हुँदै जाने भएको छ  । ट्याक्सी को भाडा बढेको यो सात बर्ष  पछिको हो । इन्धन तथा स्पेर् पार्ट्समा भएको मुल्य बृद्दी लाइ मध्य नजर गर्दै नयाँ भाडा डर कायेम गरिएको मन्त्रालयले जनाएको छ ।   

मन्त्रालयले प्रत्येक ट्याक्सी मिटरमै हिँड्नुपर्ने, यात्रुलाई ट्याक्सी चालकको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने, छुटेका सामान सुरक्षित राखी प्रहरीलाई बुझाउनुपर्ने र ट्याक्सीमा नियमित सरसफाइ र लैङ्गिक विभेदमुक्त अवस्था सिर्जना गर्नुपर्ने समेत मन्त्रालयले प्रष्ट पारेको छ । 

यसअघि १ किलोमिटरसम्म ५० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको ८ रुपैयाँ ८० पैसाको दरले भाडादर कायम गरिएको थियो । अहिले यो झन्डै २० प्रतिशतले बढाइएको हो ।  अहिलेको वृद्धि सुरुवाती भाडादरमा २० प्रतिशत र त्यसपछिको भाडादरमा ११.३६ प्रतिशत बढी हो ।

 

Loading...