माघ २५ , काठमाडौँ । प्रतिनिधिसभा भोलि बस्ने बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् । त्यस्तै, सभामुख अग्नि सापकोटाले सभासद् जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव […]
Author: ननस्टप संवाददाता
कमल थापा द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेकाे घाेषणा
माघ २५ ,मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नु भएको छ । गत महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले गृह जिल्ला हेटाैँडामा आज पत्रकार सम्मेलन गरेर राप्रपाबाट आफु अलग भएकाे उहाले […]
३० वटा होटललाइ क्यासिनो सञ्चालन गर्र्ने अनुमति
माघ२४ ,काठमाडौँ – नेपालमा क्यासिनो सञ्चालन गर्न विभिन्न ३० वटा होटललेको अनुमति पाएका छन् । सरकारले यस अघि २४ वटा लाइ र हालै थप ६ वटा गरि जम्मा ३० वता होतललाइ क्यासिनो संचालन गर्ने अनुमति दिएको हो । पर्यटन विभागका अनुसार क्यासिनो संचालन अनुमति पाउनेमा काठमाडौं विभिन्न ९ वटा पाँचतारे होटल, उपत्यका बाहिरको दुई […]
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने
माघ २४ , काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो । आगामी जेठ ५ गते निर्वाचित पदाधिकारीहरुको समयावधिसकिँदै छ ।
जोर–बिजोर प्रणाली भोलि देखि हट्ने
माघ २३ , काठमाण्डाै – काठमाण्डाै उपत्यकामा यातायात संचालनमा लगाइएको जोर–बिजोर प्रणाली भोलि साेमवारदेखि हट्ने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले भोलिदेखी जोर–बिजाेर प्रणाली हटाउने निर्णय गरेको हो । ट्याक्सी र निजी सवारीसाधन मा यस अघिनै जोरबिजोर प्रणाली हटिसकेको भएपनि निजि तथा भाडाका टेक्सीमा भने मा जोर–बिजोर प्रणाली […]
दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्छ ः राष्ट्रपति
२३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका […]
स्थानीयको अग्रसरतामा भिमसेन मन्दिर पुनःनिर्माण सम्पन्न
माघ २२ , ललितपुर। पाटन दरबार क्षेत्रस्थित विश्व सम्पदा सूचीकृत ऐतिहासिक भिमसेन मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति मार्फत मन्दिर पुनःनिर्माण कार्यले पूर्णता पाएको हो।सो मन्दिर समुदायको अगुवाईमा पुनःनिर्माण भएको पाटन दरबार क्षेत्रको पहिलो मन्दिर बन्न पुगेको छ ।त्यति मात्र नभई पुनःनिर्माणमा लागेको कूल लागत मध्ये समुदायकै बढी हिस्सा […]
काठमाडौँ महानगर पालिकाको ४१ लाख सहयोगमा शाक्यकेतु महाविहार आगं छें शिलान्यास
माघ २१,काठमाडौँ – काठमाडौँ महानगर पालिकाको ४१ लाख अनुदान सहयोगमा महानगरको १९ वडा स्थित रहेको शाक्यकेतु महाविहार आगं छें ( देव घर ) शिलान्यास भएको छ । महानगपलिकाका प्रमुख बिध्यासुन्दर शाक्य तथा उप-प्रमुख हरिप्रभा श्रेष्ठ खड्गी बात आज एक कार्येक्रम बीच उक्त आगं छें को शिलान्यास भएको हो । महानगर प्रमुख शाक्यले सम्पदा पुनः निर्माण […]
निर्वाचन आयोग द्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान
माघ२२ ,काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सार्वजनिक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त मागेको हो । निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि […]
हिमपात र हावाहुरी प्रभावित नागरिकलाई राहत तथा उचित व्यवस्थापन मिलाउन गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन
माघ२२,काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हिमपात र हावाहुरी प्रभावित नागरिकलाई राहत प्रदान गर्न उचित व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत […]











