हिमपात र हावाहुरी प्रभावित नागरिकलाई राहत तथा उचित व्यवस्थापन मिलाउन गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन

माघ२२,काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हिमपात र हावाहुरी प्रभावित नागरिकलाई राहत प्रदान गर्न  उचित व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ ।

गृहमन्त्री  खाँणले  विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

शुक्रबार  दिउँसो धनुषाको सबैला नगरपालिका–१२ मा रुखकोे हाँगा भाचिदा महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका सात वर्षीय छोरा अरविन्दको मृत्यु भएको थियो  ।

त्यसैगरी हिमाली जिल्लाको हिमपात र तराइमा हावाहुरी र शीतलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन उहाले निर्देशन दिनु भएको छ ।

Loading...