पुनः निर्माण भएको कमलपोखरीमा ९ वटा चैत्यको विधिवत् प्रतिस्थापना

माघ २६, काठमाडौँ । काठमाडौँ महानगरको पहलमा  पुनः निर्माण भएको कमलपोखरीमा ९ वटा चैत्यको विधिवत् प्रतिस्थापना भएको छ  ।  पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा उप-प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले आज ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्नु भएको हो ।  काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित […]

यमनमा दजनौं हुथी बिद्रोहीको मृत्यु

 माघ २६  ,काठमाडौं । यमनमा विद्रोहीको नियन्त्रणमा रहेको शहरलाई लक्षित गरी गरिएको आक्रमणमा यमनी दर्जनौँ लडाकू मारिएको दावी यमन सरकारले गरेको छ । हुथी बिद्रोहीले संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमण गरेपछी यमनी हुथी विद्रोही समूहलाई लक्षित गरी जवाफी कारबाही गर्दा दर्जनौं लडाकु मरिएका हुन् । यमन सन् २०१४ देखि उत्तरको अधिकांश भागलाई नियन्त्रण गर्ने साउदी […]

खोपको विवरण आज बेलुकासम्म बुझाइसक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

माघ २६, काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई अनिवार्य रुपमा खोपको विवरण बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले आज बेलुकासम्म विवरण बुझाउन भनेको छ । यसअघि मन्त्रालयले गएको २१ गतेसम्म अनिवार्यरुपमा विवरण बुझाउन भनेकोमा ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले खोपको विवरण उपलब्ध गराएका थिए । तर ६ वटा जिल्ला तथा […]

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुदै

इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ। नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो। विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो। आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ। नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन […]

प्रदेश १ को नाम ‘लिम्बुवान‚ किरात’ राख्नुपर्ने माग राख्दै ज्ञापनपत्र

माघ २६,विराटनगर – लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेशको नाम ‘लिम्बुवान‚ किरात’ राख्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन्। हिजो विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा ३१ संघ संगठन सहभागी समितिले मुख्यमन्त्री राईलाई एतिहासिक एवं पहिचानको आधारमा प्रदेशको नाम ‘लिम्बुवान‚ किरात’ राखिनुपर्ने भन्दै ज्ञापन पात्र बुझाएका हुन्। समितिले प्रदेशको भौगोलिक अवस्था, सामाजिक, सांस्कृतिक, […]

चुनावको चटारोमा निर्वाचन आयोग ः एक/ दुई दिनमा कार्यतालिका सार्वजनिक गर्ने

माघ २६, काठमाण्डौ – निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ । एक÷दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् । साथै कार्यतालिकामा उम्मेदवारी […]

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं ः नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ। भोलीका लागि तय भएको कार्य सम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। बैठक आज दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। पदाधिकारी बैठक हिजो पनि बसेको थियो। हिजोको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए। […]

नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समिति बैठक माघ २८ र २९ गते बस्ने

माघ २५,काठमाडौँ – नेकपा माओवादी केन्द्रले दोस्रो केन्द्रीय समिति बैठक माघ २८ र २९ गतेका लागि बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै  एमसिसीको विषयमा छलफल हुने एजेन्डा रहने बुझिएको  छ ।  गत पुसमा आठौँ महाधिवेशन सम्पन्न […]

प्रतिनिधिसभाको बैठक एक साताका लागि सर्यो

माघ २५,काठमाडौँ – भोलि बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक एक साताका लागि सरेको छ।  कानूनमन्त्री दिलेन्द्र प्रसाद बडुले सभामुख अग्नि सापकोटालाई मंगलबार साँझ फोन गरेर बैठक एक साता पर सार्न गरेको आग्रहमा बैठक सारिएको हो  । बुधबार दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा  बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ।     […]

महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन

माघ २५ ,काठमाडौँ ।  महाशिवरात्रिको तयारी गर्न पशुपति क्षेत्र विकास कोषले  मूल समारोह समिति गठन गरेको छ। कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार  कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको छ । कोषले कोरोनाको तेस्रो लहर शुरु हुँदा  बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर महाशिवरात्रिअघि नै खोल्ने तयारी […]