माघ २५,काठमाडौँ – नेकपा माओवादी केन्द्रले दोस्रो केन्द्रीय समिति बैठक माघ २८ र २९ गतेका लागि बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै एमसिसीको विषयमा छलफल हुने एजेन्डा रहने बुझिएको छ ।
गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीमा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेका छैनन् । दुईदिने बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको पनि चयन गर्ने जनाइएको छ ।