प्रतिनिधिसभाको बैठक एक साताका लागि सर्यो

माघ २५,काठमाडौँ –

भोलि बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक एक साताका लागि सरेको छ।  कानूनमन्त्री दिलेन्द्र प्रसाद बडुले सभामुख अग्नि सापकोटालाई मंगलबार साँझ फोन गरेर बैठक एक साता पर सार्न गरेको आग्रहमा बैठक सारिएको हो  ।

बुधबार दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा  बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ।  
 
एमसीसीक बिषयमा  दलहरुबीच सहमतिको प्रयास भइरहेको भन्दै मन्त्री बडूले बैठक स्थगित गर्न आग्रह गरेको बुझीएको छ । यसअघि गत माघ १६ गतेका लागि तय भएको बैठक सरकारसँग परामर्श नगरी सभामुखले एकतर्फी स्थगित गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको थियो ।