जोर–बिजोर प्रणाली भोलि देखि हट्ने

माघ २३ , काठमाण्डाै – काठमाण्डाै उपत्यकामा यातायात संचालनमा लगाइएको जोर–बिजोर प्रणाली भोलि साेमवारदेखि हट्ने भएको छ । 

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले भोलिदेखी जोर–बिजाेर प्रणाली हटाउने निर्णय गरेको हो । ट्याक्सी र निजी सवारीसाधन मा यस अघिनै जोरबिजोर प्रणाली हटिसकेको भएपनि निजि तथा भाडाका टेक्सीमा भने मा जोर–बिजोर प्रणाली कायमै थियाे । 

यसअघि आजै बसेको सीसीएमसीसीको बैठकले जोर–बिजाेर हटाउन सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरूले नयाँ आदेश निकालेर भोलिदेखि जोरबिजोर प्रणाली हटेको जानकारी गराएका छन् । 

यसै गरि बैठकले  फागुन १ गतेदेखि विद्यालयलगायतका शैक्षिक संस्था खोल्न पाउने, एक पटकमा ५० जनासम्म प्रवेश गर्ने गरी शपिङ मल खोल्न पाउने, डान्स बार, दोहोरी लगायतका व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने लगायतका व्यवस्था गरिएको छ । जुलुस, सभा, मेला महोत्सव, हाटबजार संचालन गर्नमा लागाइएको प्रतिबन्ध भने कायमै रहेको छ । 

Loading...