शताब्दी पछि हरसिद्धिको नाच दोलखामा पनि नचाईने

फागुन १० दोलखा –  नेपालको पहिलो मुकुट नाचका रूपमा परिचित ललितपुरको पौराणिक हरसिद्धीको १२ वर्षे नाच यस वर्ष चैत्र मसान्त अगावै दोलखामा पनि नचाईने भएको छ ।  भिमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले  फागुण ७ गते दोलखा स्थलगत निरीक्षण भ्रमणमा पुगेका हरसिद्धी देवगणको टोलीलाई भिमेश्वर नगरपालिकामा आयोजित स्वागत तथा नाच ब्यवस्थापनकालागि सम्पन्न सामूहिक तयारी बैठक पछि […]

राखेपको भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउदै

 फागुन १० ,काठमाडौँ  । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियान थालेको  छ । मन्त्रालयले विगतको भूमिका भन्दा फरक हुने गरि  नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो ।  परिषद्लाई पुरानै शालि भन्दा फरक सकारात्मकभावसहित सक्रिय बनाई मुलुकको खेलकुद […]

नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पत्ता लगाउन नयाँ प्रविधि प्रयोग गर्दै ट्राफिक प्रहरी

फागुन ९,काठमाडौँ –  ट्राफिक प्रहरुले  क्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पहिचान गर्ने  नयाँ प्रविधिको प्रयोग गर्ने भएको  छ । मोबाईल एप्स मार्फत तत्कालै अन द स्पट (On the Spot) चेकजाँच गर्ने व्यवस्था शुरू गरेको हो   ।   यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सोमबार नगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई लाईसेन्स […]

एमसीसीविरुद्ध सर्वाेच्च अदालतमा रिट

फागुन ९, काठमाडौँ।   प्रतिनिधिसभामा आइतबार पेश भएको एमसीसीविरुद्ध सर्वाेच्च अदालतमा रिट दिइएको छ । सोमबार आज वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वाेच्चमा रिट दायर निवेदन दिएका हुन् । सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार  रिट अध्ययनकै क्रममा रहेको र यसबारे भोलि निर्णय हुने भएको छ  । एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेको अधिवक्ता भण्डारीको भनाइ छ । […]

मातृभाषा संरक्षणमा चुनौती, ४० प्रतिशत भाषा सङ्कटमा

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय […]

स्थानीय तहको निर्वाचनका लागि १० वटा दल निर्वाचन आयोगमा दर्ता

फागुन ९, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि हालसम्म १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।  आयोगमा दर्ता भएका जम्मा १०९ वटा विभिन्न दलमध्ये आइतबारसम्ममा १० वटा दलले मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् । राजनीतिक दलहरुलाई आयोगले फागुन ५ गते ११ दिनको समय सिमा तोकेर दल दर्ताको लागि […]

नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको घोर भत्सर्ना गर्दछु : पूर्वसभामुख महरा

फागुन ८,काठमाडौँ –  पूर्वसभामुख कृष्ण बहादुर महराले एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको घोर भत्सर्ना एवं निन्दा गर्नु भएको छ । उहाले आज बिज्ञप्ति जारीगर्दै  स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ […]

एमसीसीको विपक्षमा उभिने दाहालको अडान

फागुन ८,काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने आदान राख्नु  भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष दाहालले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पार्नु भयो  । बानेस्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएका प्रदशनकारी माथि भएको प्रहरी दमनको विरोध गर्दै दाहालले सामाजिक सञ्जाल ट्वीटरमा प्रहरी […]

गौशाला ‘ दोंचा ख्यो ’ खाली गर्न पशुपति क्षेत्र विकास कोषको उर्दी

काठमाडौँ । सडकमा छाडा छोडिएका गाई–बाच्छा तथा पशुपतिमा डामेर छोडिने साढेंको व्यवस्थापन गर्दै आईरहेको दोंचा ख्यो खाली गर्न पशुपति क्षेत्र विकास कोषले उर्दि जारी गरेपछि गाई व्यवस्थापकहरु अचम्ममा परेका छन् । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनको पालामा छाडा गाई गोरु व्यवस्थापन गर्ने उदेश्यले सो जग्गामा गाई वाच्छा विकास समाजका प्रमुख आर.वि. न्यौपानेको अगुवाईमा कार्य हुदैआईरहेको […]