गौशाला ‘ दोंचा ख्यो ’ खाली गर्न पशुपति क्षेत्र विकास कोषको उर्दी

काठमाडौँ । सडकमा छाडा छोडिएका गाई–बाच्छा तथा पशुपतिमा डामेर छोडिने साढेंको व्यवस्थापन गर्दै आईरहेको दोंचा ख्यो खाली गर्न पशुपति क्षेत्र विकास कोषले उर्दि जारी गरेपछि गाई व्यवस्थापकहरु अचम्ममा परेका छन् । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनको पालामा छाडा गाई गोरु व्यवस्थापन गर्ने उदेश्यले सो जग्गामा गाई वाच्छा विकास समाजका प्रमुख आर.वि. न्यौपानेको अगुवाईमा कार्य हुदैआईरहेको थियो । तर एक्कासी संस्कृति मन्त्री प्रेम आलेको भ्रमण लगतै कोषले सो गौशाला खाली गर्न परिपत्र पठाएपछि गाई व्यवस्था स्वयमसेवीहरु अचम्ममा परेको वताएका छन् । कार्य समितीका सदस्य छाँयादेवी थपलिया भन्नुहुन्छ , पोहरपनि एक हप्ताको समय दिएर कोषले दोंचाख्यो ( साँडे छोड्न छुटटयाएको चउर ) खाली गर्न उर्दि जारी गरिएको थियो तर यसको विरुद्ध हामी सर्वोच्च अदालत गएपछि अदालतले परम्परागत दोंचाख्यो स्थानान्तर नगर्नु नगराउनु बरु कोषले व्यबस्थापन गर्नु भनिएपछि रोकिएको थियो । कोषले व्यवस्थापन नगरेपछि समाजले चन्दादाता गाईसेवकहरुको पहलमा सेवा पुर्याउदै आईरहेका हौं ।
काठमाडौँ महानगरपालिका–८ पशुपति क्षेत्रको १२ रोपनी क्षेत्रमा गाईबाच्छा र साढेंलाई राख्दै आएको छ । व्यवस्थित गोठको अभावमा हिलो र वर्षातको पानीका कारण त्यहाँ राखिएका एकसय ५३ वटा जनावर वर्षातको पानीले निथ्रुक्क भिजेर हिलोमा बस्न वाध्य छन् ।
सडकमा पुगेका गाई बाच्छालाई सवारी साधनले ठक्कर दिने, कुकुरले टोक्ने, लड्नेलगायत दुर्घटना हुँदा विजोग अवस्थामा देखेपछि तिनको उद्धारमा अभियन्ता आरबी न्यौपाने जुट्नुभएको करिब पन्ध्र वर्ष भएको छ ।
न्यौपानेले मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान–२०७१ मार्फत वेवारिसे जनावरको आश्रयस्थलका लागि सो क्षेत्र पशुपति विकास कोषले उपलब्ध गराएको हो ।

 

अध्यक्ष न्यौपाने भन्नुहुन्छ –‘ औषधिय गुणयुक्त दुध, गहुँत, गोबर दिने गाईको संरक्षण, सुरक्षित बासस्थानको व्यवस्थापनमा सरकारको सहयोग पाईन, सडकबाट त उद्धार गर्छु तर गोठ नै बनाउन नसक्दा पानी र हिलोमै यिनलाई राख्नुपर्ने बाध्यता छ ।’ उहाँले सहयोगी, शुभचिन्तककै दान, दातव्यबाट हालसम्म खाना, पानी, औषधि उपचार त गर्दै आएका छौँ, एउटा गोठमा सबै गाइबाच्छा र साढें नअटाएको कारण हिलो÷पानीमा रूझेको हेरिरहनुपरेको बताउनुभयो ।
संस्थागत रूपमा काम गर्नुअघि उहाँले सात÷आठ वर्षसम्म सडकमा बेवारिसे अवस्थामा छाडिएका गाई, बाच्छाको उपचार र खाना खुवाउने गर्नुहुन्थ्यो, देख्नेहरूले सहयोग गर्नुको साटो उहाँलाई पागल भने तर त्यो इच्छालाई अभियानको रूपमा अगाडि बढाउनुभयो ।
सरकारले गोठ सुधारका कार्यक्रम सार्वजनिक गरेको समाचारमा सुन्छु तर त्यो सुविधा÷अनुदान लिने प्रक्रियामा लाग्दा÷लाग्दा थाकें तर सहयोग पाइन भन्दै अभियन्ता न्यौपानेले स्थानिय सरकार प्रमुखले तोक नै लगाएको पत्रलाई प्रसाशनमा बस्नेले नटेर्ने, फाइल गायब गर्ने सरकारी कर्मचारीको बदमासीका कारण आफ्नो अभियानले सहयोग नपाएको गुनासो गर्नुभयो ।
गाईलाई दुध आउन्जेल पाल्ने, अशक्त भएपछि सडकमा छोड्ने, बाच्छा, बाच्छीलाई जन्मेको केही दिनमै छाडा छोड्ने किसानलाई शक्त कारवाही नगरेसम्म छाडा गाईको समस्या रहिरहने उहाँको भनाई छ ।
अभियानले एउटा गाईका लागि दिनको २० रूपियाँ छुट्याएर वार्षिक सातहजार दुईसय रूपियाँ दिए किसानले घरमा राख्न नसकेका गाईलाई पाल्ने योजना ल्याएको छुँ भने त्यही भएका गाईका लागि सहयोग दिन चाहनेले पनि रकम दान दिने गरेका छन् । सहयोगी मनहरूले दिएको पिठो, चनालगायत र आर्थिक सहयोगको भरमा त्यहाँ राखिएका गाई, बाच्छा, साढेंलाई दाना, पानीको व्यवस्था हुँदै आएको छ । तर यसरी गरिएको गबेवारिसे गाई बाच्छा व्यवस्थापनलाई कोष तथा सरकारले सम्मान गर्नुृपर्नेमा उल्टै धम्क्याउने तर्साउने र हतोत्साहित गर्ने कार्य हुदा साहै निरास भएका छौं आरवि न्यौपाने बताउनु हुन्छ ,। इस सम्वन्धमा पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडा भन्नुहुन्छ ,पशुपत क्षेत्रको गाई बाच्छा व्यवस्थापनको जिम्मा कोषको हो , हिजो सम्म विविध कारणले यस तर्फ ध्यन दिन सकिएन अब शिवरात्री लगतै हामी त्यो ठाउँ खाली गराउँदै छौं । त्यो ठाउँ अत्यधिक फोहर देखिएको र मरेका गाई वाच्छा दफनाउने ठाउँको रुपमा मात्र दोँचाख्यो बदनाम हुँदै गईरहेकोले त्याहाँका गाई बाच्छा गौशाला र बाँकी अन्यत्र व्यवस्थापन गर्दैछौं डा. खतिवडाले स्पष्ट पर्नु भयो ।