नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको घोर भत्सर्ना गर्दछु : पूर्वसभामुख महरा

फागुन ८,काठमाडौँ –  पूर्वसभामुख कृष्ण बहादुर महराले एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको घोर भत्सर्ना एवं निन्दा गर्नु भएको छ । उहाले आज बिज्ञप्ति जारीगर्दै  स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति गम्भीर आपत्ति रहेको जनाउनु भएको हो  । 

 महराले एमसीसी सम्झौता पेस भएको घटनाप्रति माओवादी केन्द्रको पनि गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ  । 
Loading...