प्रदेश–१ प्रदेशसभा बैठक बस्दै

फागुन १५, काठमाडौं ः- प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन। मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते […]

एमसीसी सम्झौताबारे संस्थागत निर्णय लिन माओवादी र एकीकृत समाजवादीको बैठक बस्दै

१५ ,फाल्गुन काठमाडौं । एमसिसी’ पारितबारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आज बैठक बस्दैछ । सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय लिन बैठक डाकेका हुन । माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा अहिले […]

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

१५ फाल्गुन ,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेका लागि डाकिएको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने उल्लेख छ । उक्त प्रस्ताव अघि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने पनि कार्यसूचिमा उल्लेख छ । यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार […]

बौद्ध शिक्षा कथा बस्तुमा आधारित नेपालभाषा चलचित्र ‘कर्म’ को प्रिमियर

 फागुन १४ , ललितपुर ।  बौद्ध शिक्षा कथा बस्तुमा आधारित नेपालभाषा चलचित्र ‘कर्म’ को प्रिमियर सो सम्पन्ना भएको छ  । गुण फिल्मस्काे ब्यानरमा पटकथा, संवाद तथा निर्देशन रामकृष्ण खड्गी रहेको उक्त चलचित्र कर्मका निर्माता राजेन्द्र शाक्य रहेका चलचित्र आज ललितपुर ग्वार्को  स्थित गुण सिनेमा  प्रिमियर सो संगै सार्वजनिक गरिएको  हो ।  वरिस्ठ हास्य कलाकार मदनकृष्ण […]

संसद बैठक फागुन १५ गते सम्मका लागि स्थगित

फागुन १३ ,काठमाडौँ  । प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ  । अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे संसद् बोलाइएको थियो ।

दोहा जाने तयारीमा रहेको जहाजमा अनधिकृत व्यक्ति फेला परेपछि सुरक्षा कमाण्डर निलम्बन

फागुन १३ ,काठमाडौँ । नेपाल  वायुसेवा निगमको दोहा जाने तयारीमा रहेको जहाजमा अनधिकृत व्यक्ति फेला परेको निगमले सुरक्षा ब्यबस्थामा तृती गरेको भन्दै  विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमाण्डरलाई निलम्वन गरेको  छ ।  काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको  A- 330, 9N ALYको  जहाजमा बिहिबार अनधिकृत व्यक्ति प्रवेस गरेको पाईएपछी सुरक्षा ब्यबस्थामा खटिएका अधिकारीको गम्भीर […]

एमसीसी माथि सैद्धान्तिक छलफल आजबाट प्रारम्भ हुदै

फागुन १२ ,काठमाडौँ  । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा आज बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा प्रतिनिधि सभा सचिवालयले  समावेश गरिसकेको छ । कार्यसूचीलाई आज नै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम […]

नक्कली जग्गा धनीपुर्जा देखाई जग्गा बैना गरी ठगी गर्ने व्यक्ति पक्राउ

फागुन ११,काठमाडौँ –  नक्कली जग्गा धनीपुर्जा देखाई जग्गा बैना गरी ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा परेको छ  । महानगरीय अपराध महाशाखालेअन्य व्यक्तिको नाउमा रहेको जग्गा देखाइ  बैना बापत रकम लिइ ठगी गरेको आरोपमा ओखलढुंगा चम्पादेबी गा.पा वडा नं ८, हाल काठमाण्डौँ बुढानिलकण्ठ न.पा वडा नं. ११ कपन बस्ने  हित बहादुर बुढाथोकीलाइ आज बुधबार पक्राउ गरेको […]

फिल्म ‘गंगुबाई काठियावाडी’को नाम फेर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

भारतीयको सर्वोच्च अदालतले शुक्रबार रिलिजको तैयारीमा रहेको  चलचित्र  ‘गंगुबाई काठियावाडी’का निर्मातालाई फिल्मको नाम फेर्न निर्देशन दिएको छ ।   आफूलाई गंगुबाई काठियावाडीका धर्मपुत्र भन्ने बाबुजी रावजी शाहले यस सम्बन्धमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए । बाबुजी रावजी शाह यसअघि यसै बिषयलाई लिएर मुम्बई उच्च अदालत पुगेका थिए तर त्यहाँ उनको याचिका खारेज भएपछि उनि सर्वोच्च […]

व्यापार घाटा १० खर्ब माथि उक्लियो

  फागुन ११,काठमाडौँ  । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म […]