दोहा जाने तयारीमा रहेको जहाजमा अनधिकृत व्यक्ति फेला परेपछि सुरक्षा कमाण्डर निलम्बन

फागुन १३ ,काठमाडौँ । नेपाल  वायुसेवा निगमको दोहा जाने तयारीमा रहेको जहाजमा अनधिकृत व्यक्ति फेला परेको निगमले सुरक्षा ब्यबस्थामा तृती गरेको भन्दै  विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमाण्डरलाई निलम्वन गरेको  छ ।

 काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको  A- 330, 9N ALYको  जहाजमा बिहिबार अनधिकृत व्यक्ति प्रवेस गरेको पाईएपछी सुरक्षा ब्यबस्थामा खटिएका अधिकारीको गम्भीर तृती देखिएको फेला परेको सम्बन्धमा निगमको गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रेस बिज्ञप्ति जारि गर्दै भनेको छ  ।

‘ उक्त घटनालाई निगमले गम्भीरतापूर्वक लिएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमाण्डरलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको छ । साथै, उक्त घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्नको निम्ति निगम नायव महाप्रबन्धकको संयोजकत्वमा मिति २०७८÷११÷१३ भित्र प्रतिवेदन पेश गर्ने गरी एक उच्चस्तरीय छानबिन उपसमिति समेत गठन गरी घटना सम्बन्धमा तहकिकात कार्य अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ । आगामी दिनमा यस किसिमका घटना पुनः दोहोरिन नदिनका निम्ति सम्बद्ध सबै पक्षसँग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं । ’

 
Loading...