नक्कली जग्गा धनीपुर्जा देखाई जग्गा बैना गरी ठगी गर्ने व्यक्ति पक्राउ

फागुन ११,काठमाडौँ –  नक्कली जग्गा धनीपुर्जा देखाई जग्गा बैना गरी ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा परेको छ  । महानगरीय अपराध महाशाखालेअन्य व्यक्तिको नाउमा रहेको जग्गा देखाइ  बैना बापत रकम लिइ ठगी गरेको आरोपमा ओखलढुंगा चम्पादेबी गा.पा वडा नं ८, हाल काठमाण्डौँ बुढानिलकण्ठ न.पा वडा नं. ११ कपन बस्ने  हित बहादुर बुढाथोकीलाइ आज बुधबार पक्राउ गरेको हो । 

  का.म.न.पा वडा नं. १६ सोह्रखुट्टे बस्ने कृष्णमाया घिसिङ्कलाइ निज पक्राउ परेका बुढाथोकीले  साँखु स्थित साल्खा -६ (ख) मा रहेको कि.नं. ७५९ को क्षेत्रफल २-०-०-० जग्गा मध्ये ०-८-०-० आना जग्गा जम्मा रु.३५,००,०००।–लाख मा नै दिन्छु भनी मिति २०७८।०१।०८ गते निजको नामको जग्गा धनी पुर्जा र नक्शाको फोटो कपी समेत दिई ३५ दिनमा राजिनामा पास गरिदिन्छु भनी जग्गाको बैना बापत रकम लिएका थिए ।

एभरेष्ट बैंकमा रहेको आफ्नै नाउमा रहेको खातामा रु ३३,००,०००।-लाख जम्मा गर्न लगाई बिभिन्न बहाना बनाई आलटाल गरी जग्गा पास नगरी झुलाई रहेपछि पिडितले मालपोत कार्यालय साँखुमा गई बुझ्दा उक्त जग्गा निज व्यक्ती को नाममा नभई अन्य व्यक्तीको नाममा रहेको देखिएपछि प्रहरीमा उजुरी दिएको आधारमा  पक्राउ गरि  वश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको  महाशाखाले जनाएको छ । 

Loading...