फिल्म ‘गंगुबाई काठियावाडी’को नाम फेर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

भारतीयको सर्वोच्च अदालतले शुक्रबार रिलिजको तैयारीमा रहेको  चलचित्र  ‘गंगुबाई काठियावाडी’का निर्मातालाई फिल्मको नाम फेर्न निर्देशन दिएको छ ।

 

आफूलाई गंगुबाई काठियावाडीका धर्मपुत्र भन्ने बाबुजी रावजी शाहले यस सम्बन्धमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

बाबुजी रावजी शाह यसअघि यसै बिषयलाई लिएर मुम्बई उच्च अदालत पुगेका थिए तर त्यहाँ उनको याचिका खारेज भएपछि उनि सर्वोच्च अदालत पुगेका थिए ।

सञ्जय लीला भन्सालीका वकिल सिद्धार्थ दवेलाई अदालतको निर्देशन निर्मातालाई जानकारी गराउन न्‍यायाधीशद्वय इन्दिरा बनर्जी र जेके महेश्वरीको डिभिजन बेन्चले भनेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

 

यस फिल्मको नामबाहेक बाबुजी रावजी शाहले अन्य धेरै कुरामा पनि आपत्ति जनाउँदै फिल्मको प्रदर्शन रोक्न माग गरेका छन् । सर्वोच्च अदालतले बिहीबार यस विषयमा सुनुवाइ गर्ने भएको छ ।

सन् १९६० को दशकमा मुम्बईको कामाठीपुरामा वेश्यालय चलाउने गंगुबाईको जीवन संग सम्बन्ध रहेको  यो फिल्म एस. हुसेन जैदी र जेन बोर्जेसले द्वारा लेखिएको  ‘  माफिया क्विन अफ मुम्बई ‘  नामको किताबमा आधारित छ।

गंगुबाईको वास्तविक नाम गंगा हरजीवनदास काठियावाडी थियो । उनी गुजरातको काठियावाडमा जन्मिएकी थिइन् र त्यहीँ हुर्किएकी थिइन् ।

  भन्साली प्रोडक्सनमा बनेको यो फिल्ममा   सञ्जय लीला भन्सालीको निर्देशनमा  आलिया भट्टले मुख्य भूमिका निभाएकी छिन्  ।

 

 
Loading...