बौद्ध शिक्षा कथा बस्तुमा आधारित नेपालभाषा चलचित्र ‘कर्म’ को प्रिमियर

 फागुन १४ , ललितपुर ।  बौद्ध शिक्षा कथा बस्तुमा आधारित नेपालभाषा चलचित्र ‘कर्म’ को प्रिमियर सो सम्पन्ना भएको छ  ।

गुण फिल्मस्काे ब्यानरमा पटकथा, संवाद तथा निर्देशन रामकृष्ण खड्गी रहेको उक्त चलचित्र कर्मका निर्माता राजेन्द्र शाक्य रहेका चलचित्र आज ललितपुर ग्वार्को  स्थित गुण सिनेमा  प्रिमियर सो संगै सार्वजनिक गरिएको  हो । 

वरिस्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नारायणदेवी प्रधान, कर्म शाक्य, आशिष्मा नकर्मी, अन्नपूर्णेश्वरी श्रेष्ठ, लुनिभाः तुलाधर, यमन श्रेष्ठ, रजनी खड्गी, शोभा महर्जन, आराध्यालक्ष्मी खड्गी, राजु महर्जन, सुरज व्यञ्जनकार, रुपेन्द्र श्रेष्ठ लगायतका स्थापित कलाकारहरुको अभिनय रहेको सो चलचित्रमा निर्देशक खड्गी आदि कलाकारको निकै राम्रो अभिनय रहेको छ  ।

लुःजः सिंहको छायांकन,  बालकृष्ण बंशीकाे सम्पादन, पाश्र्व संगीत तथा संगीत संयोजन  रहेको सो चलचित्रमा सह–निर्माता दिप्रश शाक्य एवं सह–निर्देशक राजन शाही रहेका छन् भने श्रृङ्गारमा उमीसा पाण्डे तथा निर्माण नियन्त्रकमा उजय शाही रहेको छ ।

 निर्देशक खड्गीले बौद्ध जातक कथामा निर्मित यस चलचित्रको प्रदर्शनबाट संकलन भएको रकम बौद्ध विहारलाई नै प्रदान गरिने हुनाले नेपालभासाको चलचित्रलाई माया गर्ने दर्शकहरुले अवश्य पनि एक पटक ‘कर्म’ चलचित्र हेरी दिनु हुनेछ भन्ने विश्वास रहेको बताए । साथै चलचित्र राम्रो बनेको छ भन्ने आफु लाई लागेमा साथिभाई इष्टमित्रलाई भन्न र यसमा भएका कमीकमजोरी तथा प्रतिक्रिया दिन स्रोता दर्शकमा  अनुरोध गरेको छ  ।

चलचित्रको कथा बस्तुमा मानिसले आफुले गरेको कर्म अनुशारको फल पाउन सामाजिक संदेशमा आधारित छ  ।

 

 

Loading...