राखेपको भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउदै

 फागुन १० ,काठमाडौँ  । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियान थालेको  छ । मन्त्रालयले विगतको भूमिका भन्दा फरक हुने गरि  नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो ।

 परिषद्लाई पुरानै शालि भन्दा फरक सकारात्मकभावसहित सक्रिय बनाई मुलुकको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन मन्त्रालयका तर्फबाट विभिन्न कार्यक्रममार्फत सम्पूर्ण साथ, सहयोगको अनुभूति दिलाइने  मन्त्रालयका सचिव डा दामोदर रेग्मीको भनाइ छ  ।

लामो समयदेखि सदस्यसचिवको नियुक्ति नभएका कारण  खेलकुद पूर्वाधार विकासका लागि विनियोजित करिब रु ७७ करोड परिषद्बाटै खर्च हुनुपर्नेमा  रोकिएको छ । विनियोजित बजेट खर्च  नहुदा तथा समयमा पूर्वाधारका काम सम्पन्न नहुदा  आयोजनाको लागत बढ्ने र अर्काे वर्षका लागि बजेटको सुनिश्चित गर्न समेत चुनौती खडा हुने सम्भावना बढ्छ  ।

परिषद्का विभागीय र कार्यकारी समितिका पदाधिकारीसँग खेलकुद क्षेत्रको विकास र विस्तारका लागि विभिन्न पाटो पक्षबाट कार्ययोजना बनाएर काम गर्न छलफल र अन्तक्र्रिया तीव्र तुल्याइने डा रेग्मीले बताउनु हुन्छ  ।

राष्ट्रिय प्रतियोगिताका आधारमा आगामी सेप्टेम्बरमा हुने एशियन प्रतियोगिताका लागि जिल्ला र प्रदेशबाट खेलाडी छनोट भएर आउनुपर्ने प्रावधान छ । आगामी एशियन र राष्ट्रिय प्रतियोगितका लागि पनि परिषद् र विभिन्न खेलकुद विधाका सङ्घसंस्था सहभागिता र दायित्व बढेकाले मन्त्रालयले उनीहरूकोे भूमिकालाई प्रभावकारी तुल्याउन र आन्तरिक लोकतन्त्र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ ।

Loading...