युट्युब च्यानल सञ्चालन गर्न इजाजत लिनुपर्ने

फागुन २३, काठमाडौं । नेपाल सरकारले युट्युब च्यानल सञ्चालन गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । सरकारले राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरि युट्युब र सोही प्रकारका अन्य प्रसारण अनलाइन टिभीहरुलाइ कानुनि दयरा ल्याई  इजाजतपत्र लिनुपर्ने गरेको हो ।  सरकारले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न ओटीटी प्लेटफर्मका साथै इन्टरनेट मार्फत नियमित रुपमा श्रव्य दृश्य कार्यक्रम […]

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

फागुन २३, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सोमबार बस्दैछ । माओवादी केन्द्रका एक नेताका अनुसार बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने लागिएको हो ।  आइतबार स्थगित बैठक आज बिहान ११ बजे बस्ने र  बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने ,  स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने छ । गत […]

प्रहरी कुटपिटले युवाको ज्यान गएको आरोपमा असई धामी नियन्त्रणमा, घटनाको अनुसन्धान सुरु

सुर्खेत, २२ फागुन । कालीकोटको तिलागुफा नगरपालिका ३ का कृष्ण हमालको कुटपिटबाट ज्यान गएकाे आरोपमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह धामीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका बुबा हिराचन्द्र हमालले आज आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएर तीन दिन म्याद थप […]

नेपाल एयरलाइन्सले पायो साउदी अरेबियामा उडान अनुमति

फागुन २२,काठमाण्डु  ।  नेपाल एयरलाइन्सले साउदी अरेबियामा उडान भर्ने भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीज्यूको पहलमा साउदीको जनरल अथोरेटी अफ सिभिल एभिएसनले आइतबार निगमलाई उडान अनुमति दिएको हो । निगमले यो रुटमा उडानको तयारी गरेतापनि  उडान अनुमति भने पाउंन सकेको थिएन । […]

सुन आयातमा कटौती , अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने

फागुन २१,काठमाडौँ-   नेपाल राष्ट्र बैंकले सुन आयातमा कटौती गरेको छ  छ ।  राष्ट्र बैंकले सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न आइतबार एक निर्देश जारी गरेको हो ।   बैंकहरुले यसअघि  दैनिक २० किलोग्राम सम्म सुन आयात गर्दै आएको थियो  ।  रुस–युक्रेनबीच बढ्दो तनावका बीच सुनको […]

अवरोध नटुंगिएकाले संसद् भंग गरि चुनावमा जानुपर्ने नेपालको भनाइ पछी एमालेको भनाइ आयो यस्तो

फागुन २१,काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको अवरोध नटुंगिएकाले अब  संसद् भंग गरेर चुनावमा जानुपर्ने आफ्नो धारणा सार्वजनिक गरेपछि , यसको टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनभित्र भइरहेको अर्ली इलेक्सन (समय अगावैको चुनाव) को बहसलाइ स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र तथा दाउ मात्र भएको  ब्याख्यात्मक टिप्पणी गरेको […]

माओवादी केन्द्रीय समिति बैठक आज बस्दै ः साङ्गठनिक विषय कार्यसूची प्रस्तुत गरिने

फागुन २१,काठमाडौँ –    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय […]

आज प्रतिनिधिसभा बैठक, त्यसअघि कार्यव्यवस्था समितिको बैठक बस्दै

२२ फागुन,काठमाडौँ –  प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् । संसद बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्ष एमालेले […]

समुदायको कामलाई राज्यकातर्फबाट महानगरले साथ दिने, गुठीयारहरुसँग जग्गा भए महानगरले बनाइदिने  :मेयर शाक्य तथा उप-मेयर खड्गी

फागुन २१, काठमाडौं ।   काठमाडौँ महानगरका २५ वडा  स्थित श्रीघः, नघलमा रहेको धर्म किर्ति महाविहारको  पुननिर्माण सम्पन्न भएको छ  ।   मेयर विद्यासुन्दर शाक्य तथा उप -मेयर हरिप्रभा श्रेष्ठ खडगीले संयुक्त रुपमा आज उक्त पुनः निर्माण भएको महाविहार भवनको  उदघाटन गर्नुभयो । भवन पुननिर्माण गर्न २०७७ मंसिर २० गते मेयर शाक्यले शिलान्यास गर्नुभएको थियो ।  […]

काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

फागुन २१, काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले  काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आज शनिबारदेखि खुला गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर  उपत्यका जिल्ला प्रशासन  कार्यालयले कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न÷गराउन भनी नयाँ आदेश जारी गरेको हो ।  तीन जिल्ला प्रशासनले शुक्रबार जारी गरेको आदेशानुसार शनिबारदेखि […]