काठमाडौँ । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटनक्षेत्रको पुनरुत्थान अभियान अन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई नेपालको मौलिक संस्कृति र खाना मार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल […]
Author: ननस्टप संवाददाता
‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ ’ : चिरिबाबु महर्जन
काठमाडौँ – लितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्ने बताउनु भयो। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरुले मान्ने बताउनु भएको हो । उहाले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बउनु भयो । त्यसैगरी मेयर […]
श्रीलंकामा सरकार विरोधी प्रदर्शन चर्किदै, ६५ प्रतिशत नागरिक प्रभावित
काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शन दिनप्रदिन चर्किरहेको छ । श्रीलंकामा चुलिएको आर्थिक संकटका कारण हाल ६५ प्रतिशत नागरिकको जनजीवन समेत प्रभावित भएको छ । आर्थिक संकटमा फसेको श्रीलंकामा मूल्यवृद्धि र इन्धन अभावको विरुद्धमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । घटनामा ११ प्रदर्शनकारी घाइते भएका छन् । अप्रील महिनादेखि […]
सुनको भाउ तोलामा १५ सय घट्यो
काठमाण्डाै – सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेको छ । सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो पनि तोलमा चार सय रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको […]
सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन चार दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनका शीर्ष नेता टिकट बाँडफाँट र तालमेललाई अन्तिम रूप दिन आज बुधबार पनि छलफलमा बस्दैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बस्ने बैठक ११ बजेबाट सुरु हुने बताइएको छ । मंगलबार महानगरको भागबण्डा मिलाएको गठबन्धन बैठकले बुधबार उपमहानगरपालिकाको टुङ्गो […]
गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ, ६ बैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिकारीले सरकारको गरेको निर्णय बिरुद्द दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो। न्यायाधीश हरि फुयालको एकल इजलासले जारी गरेकाे आदेशमा गर्भनर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन […]
उपत्यकामा नयाँ ट्याक्सी अब विद्युतीय मात्रै हुने
बैशाख ६, काठमाडौं । काठमाडौँ उपत्यकामा नयाँ दर्ता हुने ट्याक्सी विद्युतीय मापदण्डको हुनु पर्ने भएको छ । बागमती प्रदेश सरकारले ‘सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८’ जारी गर्दै नयाँ दर्ता हुने विद्युतीय ट्याक्सीको मापदण्ड तोकेको हो । सरकारले नयाँ मापदण्ड तोके संगै आब उपत्यकामा संचालनमा रहेका २० वर्ष पुराना ट्याक्सीलाई […]
मेलम्चीको पानी आजबाट बागमतिमा बगाइने
बैशाख ६,काठमाडौँ । मेलम्ची खोलाको पानी आजबात वाग्मती नदीमा बगाइदै छ। गएको चैत्र २९ गते सुरुङ परीक्षणका लागि सुरुङमा पठाइएको पानि आज आजदेखि वाग्मती नदीमा बगाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीको पानी वाग्मतीमा पठाइदा वाग्मती किनारमा सावधानी अपनाउन छेउ छाउ बस्नेहरूलाई आयोजनाले सुचना निकालेर अनुरोध गरेको छ । सुन्दरीजलदेखि तल वाग्मती नदीमा […]
वास्तुकला ज्ञाता तथा वरिष्ठ चित्रकार हरि प्रशाद बैद्य द्वारा सृजना गरिएको चित्र कला प्रदशन गरिने
बैशाख ५, काठमाडौँ – पुरातात्विक सम्पदाका वास्तुकला ज्ञाता तथा वरिष्ठ चित्रकार /संगीतज्ञ भ्वाइलिन गुरु हरि प्रशाद बैद्य द्वारा सृजना गरिएका चित्र कला प्रदशन गरिने भएको छ । नेवा : ग्वाली पुच : नेपा: १३ र १५ वडा काठमाडौँको आयोजनामा बैशाख १० ,११ र १३ गते नेपाल कला परिषद ,बबरमहलमा बैद्य द्वारा सृजना गरिएका चित्र कला […]
सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो
बैशाख ५,काठमाडौँ। सुनको मूल्य प्रतितोलामा पाँच सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन तोलामा एक लाख दुई हजार पाँच सय तोकिएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ। भने ,चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार चार सय २० पुगेको महासङ्घले जनाएको छ। हाल […]










