श्रीलंकामा सरकार विरोधी प्रदर्शन चर्किदै, ६५ प्रतिशत नागरिक प्रभावित

काठमाडौं ।
 श्रीलंकामा सरकार विरोधी प्रदर्शन दिनप्रदिन चर्किरहेको छ । श्रीलंकामा चुलिएको आर्थिक संकटका कारण हाल ६५ प्रतिशत नागरिकको जनजीवन समेत प्रभावित भएको छ । आर्थिक संकटमा फसेको श्रीलंकामा मूल्यवृद्धि र इन्धन अभावको विरुद्धमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । घटनामा ११ प्रदर्शनकारी घाइते भएका छन् । अप्रील महिनादेखि जारी सरकार विरुद्ध प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

ीलंकाको रामबुकाना शहरमा भेला भएका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति गोतबाया राजपाक्षेको राजीनामा माग समेत गरेका थिए । साथै उनीहरुले विभिन्न ठाउँमा आगजनी गरी सडक अवरुद्ध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्नुका साथै लाठी समेत चार्ज गरेको हो । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

 

Loading...