‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ ’ : चिरिबाबु महर्जन

काठमाडौँ –  लितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्ने बताउनु भयो।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरुले मान्ने बताउनु भएको हो । 

उहाले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बउनु भयो । त्यसैगरी मेयर उपमेयर सहित यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरु पनि आफूहरुलाई राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफूहरुले ५० प्रतिशत लिएर भागबन्डा गर्ने उहाले बताउनु भयो । 

 ‘ ललितपुर हामी छोड्दैनौँ ,  हामीले त जितेको ठाउँ हो, छोड्ने भन्ने त प्रश्नै आउँदैन। मेयर उपमेयर सहित २९ वडामा १९ वडा भागबन्डा गर्छौ। १० वडा हामी नै राख्छौँ। भागबन्डा गर्दाखेरी हामी घटीमा पनि ५० प्रतिशत लिन्छौँ। मैले पाउँछु फरकै पर्दैन। जितेको मेयर मै हुँ। जित्नेपनि मै हुँ। गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरश पालना गर्छौ।’ उहाले भन्नु भयो । 

 

Loading...