सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

बैशाख ५,काठमाडौँ। सुनको मूल्य प्रतितोलामा पाँच सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन तोलामा एक लाख दुई हजार पाँच सय तोकिएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ। भने ,चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार चार सय २० पुगेको महासङ्घले जनाएको छ।

हाल सुनचाँदीका आयातमा बैंकहरूले एलसी नखोलेपछि बजारमा काँचो सुनको प्रत्यक्ष प्रभाव देखिएको छ।

Loading...