प्रधान सेनापति द्वारा निर्वाचन सुरक्षाका लागि आवस्यक ब्यबस्था मिलाउन चार वटै कमाण्डलाई निर्देशन

बैशाख ५,काठमाडौँ।  प्रधान सेनापति प्रभुराम शर्माले बैशाख ३० गते हुनलागेको स्थानीय तह निर्वाचन सुरक्षाका लागि चार वटै कमाण्डलाइ आवस्यक ब्यबस्था मिलाउन निर्देशन दिनु भएको छ। प्रधान सेनापति शर्माले निर्वाचन स्वतन्त्र,निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आज चार वटै कमाण्डका सेनापतिहरुलाई निर्देशन दिनुभएको हो।

सरकारबाट प्राप्त जिम्मेवारीहरु पूरा गर्न सबै कमाण्डलाई उहाले विशेष निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कमाण्डहरुको आफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षास्थितिको निरन्तर मूल्यांकन गर्ने,जिल्ला प्रशासन कार्यालय, प्रदेश एवं स्थानीय सुरक्षा निकाय तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसँग निरन्तर समन्वय गरी कार्य गर्न जारि निर्देशनमा भनिएको छ ।

Loading...