बैशाख ६, काठमाडौं । काठमाडौँ उपत्यकामा नयाँ दर्ता हुने ट्याक्सी विद्युतीय मापदण्डको हुनु पर्ने भएको छ । बागमती प्रदेश सरकारले ‘सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८’ जारी गर्दै नयाँ दर्ता हुने विद्युतीय ट्याक्सीको मापदण्ड तोकेको हो ।
सरकारले नयाँ मापदण्ड तोके संगै आब उपत्यकामा संचालनमा रहेका २० वर्ष पुराना ट्याक्सीलाई नयाँमा रुपान्तरण गर्दा अनिर्वाय विद्युतीय ट्याक्सी लिनु पर्ने ब्यवस्था गरेको छ ।
बागमती प्रदेश सरकारले तयार गरेको विद्युतीय ट्याक्सीको मापदण्डमा साधारण र विशेष प्रकृतिको दुई थरी ब्यवस्था गरिएको छ । साधारण ट्याक्सी ५ सिट क्षमताको हुनु पर्ने छ भने विशेष ट्याक्सी ५ वा ७ सिट क्षमताको हुनसक्ने उल्लेख छ ।
सेडान कार नै हुनु पर्ने उल्लेख गरेको मापदण्डमा २०० लिटर माथिको बुट स्पेश, कम्तीमा ३० किलोवाट क्षमताको मोटर र २० किलोवाट आवरको लिथियम आयोन व्याट्री हुनु पर्ने उल्लेख छ । साथै यस्ता ट्याक्सीको न्यूनतम रेन्ज २१० किलोमिटर हाराहारी हुनु पर्ने उल्लेछ ।