मेलम्चीको पानी आजबाट बागमतिमा बगाइने

बैशाख ६,काठमाडौँ । 

 मेलम्ची खोलाको पानी आजबात  वाग्मती नदीमा बगाइदै  छ।

 गएको चैत्र २९ गते सुरुङ परीक्षणका लागि सुरुङमा पठाइएको पानि आज आजदेखि वाग्मती नदीमा बगाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्चीको पानी वाग्मतीमा पठाइदा  वाग्मती किनारमा सावधानी अपनाउन छेउ छाउ  बस्नेहरूलाई आयोजनाले सुचना निकालेर  अनुरोध गरेको छ ।

 सुन्दरीजलदेखि तल वाग्मती नदीमा पानीको सतह र बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन समितिले निकालेको सूचनामा भनिएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाण्डौ उपत्यकामा वितरण सुरु हुने जानकारी दिनुभएको छ । 

Loading...