सत्ता गठबन्धनको बैठकबाट चुनावी तालमेल आज टुंगो लगाउने तयारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्णायक बैठक मंगलबार बिहानेका लागि बोलाइएको हो ।

सोमबार दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ छ ।

महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार दुई चरणमा बसेको थियो । बैठक सहमति नजिक पुगेको बताइए पनि निर्णय सार्वजनिक भइसकेको छैन ।

बैठकमा वैशाख ३० गतेको स्थानीय तहको चुनावका लागि महानगर, उपमहानगर र नगरपालिकामा हुने तालमेलको मोडालिटी बने पनि त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको सञ्चारमन्त्री कार्कीले बताए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्नेछ ।

Loading...