प्रहरी प्रमुखमा धिरज प्रताप सिंह नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हाे । स्राेतका अनुसार गृहमन्त्री बालकृष्ण खाँण विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । तर अन्तिममा प्रधानमन्त्री देउवाले अडान लिएपछि सिंह आईजीपीमा नियुक्त भएको बताइकाे […]

श्रमलाई सम्मान गर्ने , संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताउनु भएको छ । १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिंदै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको […]

आचारसंहिता उल्लंघन गर्ने दुई नेता र तीन पार्टीलाई आयोगले गरायो सचेत

काठमाडौं ः निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दुई नेता र तीन राजनीतिक दललाई सचेत गराएको छ। अघिल्लो चुनावमा खर्चको गलत विवरण बुझाएको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई सचेत गराएको हो। यस्तै निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई […]

चुनावसम्बन्धी सन्देशमूलक भिडियो प्रचार गर्नेलाई आयोगले पुरस्कृत गर्ने

बैशाख १८, काठमाण्डौ –चुनाव सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गर्नेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ । चुनावी सन्देशमूलक भिडियो टिकटक बनाएर वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकमा पोस्ट गरी पचास लाख, तीस लाख र बीस लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले नगद र प्रशंसा पत्रले पुरस्कृत गर्ने भएको हो । पचास […]

युक्रेनको ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त

काठमाडौं । रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो । उता, युक्रेनको मारियुपोल शहरको स्टिल कारखानमा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन । मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु […]

काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण

  बैशाख १८, काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको हो । केयूकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभयो । गएको […]

बनेपाका मेयर द्वारा एमाले परित्याग

बैशाख १६, काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले नेकपा (एमाले) पार्टी परित्याग गर्नुभएको छ । बादेले शनिबार आज पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा जनाएपनि एमालेले टिकट नदिएपछि रुष्त बनेका श्रेष्ठले परित्याग गर्नुपरेको बताउनु भयो । एमाले केन्द्रीय सदस्य गोकुल […]

चिरिबाबु महर्जनविरुद्धको आयोगमा परेको उजुरी खारेज

वैशाख १६ ,काठमाडौँ  ।  ललितपुर महानगरपालिकाका प्रमुख पदकालागि नेपाली  कांग्रेसका  उमेदवार चिरिबाबु महर्जनविरुद्ध निर्वाचन आयोगमा परेको उजुरी खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज महर्जनसहित चार जनाविरुद्ध परेको उजुरीमा दाबी नपुगेको भन्दै खारेज गरेको हो । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीका अनुसार महर्जनविरुद्ध अधिकारप्राप्त व्यक्तिबाट उजुरी नपरेको तथा ,  जाँचबुझ गर्दा व्यक्तिगत बेरुजु […]

ट्राफिक जरिवाना तिर्न बैंक धाउन नपर्ने, क्यूआर कोड बाटै भुक्तानी गर्न सकिने

वैशाख १६  , काठमाडौं । ट्राफिक जरिवाना तिर्न अव बैंकमा गइ जरिवाना भुक्तानी गर्नुपर्ने झन्झटको बिकल्पमा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ । अर्थात “क्यू आर स्क्यान, पे फाईन एण्ड विथड्र डकुमेण्ट (QR Scan, Pay Fine & Withdraw Document)” सुविधाको थालनी भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी […]

‘ मत दिन चाहन्न ’(राइट टु रिजेक्ट)को व्यवस्था कार्यान्वयन नगरिएकोमा सर्वोच्चमा अवहेलना मुद्दा

बैशाख १६, कबाठमाडौं ।  निर्वाचनमा ‘ मत दिन चाहन्न ’ (राइट टु रिजेक्ट) को व्यवस्था कार्यान्वयन नगरिएको भन्दै सर्वोच्च अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अदालतले यसअघि फैसलामा गरेको ‘मत दिन चाहन्न’ भन्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने भने पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै    अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत)ले उक्त  अवहेलनाको मुद्दामा दाएर गरेको हो । […]