काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण

 

बैशाख १८, काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको हो । केयूकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभयो ।

गएको वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । अब नौ वटा भण्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्नेछ । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाउँदा पाइप परीक्षण भइसकेका सबै धारा र ठाउँमा पानी पुग्नेछ ।

अरु संरचना बन्दै गरेका र परीक्षण हुन बाँकी धारामा बिस्तारै पठाउँदै जाने पनि प्रमुख शाक्यले बताउनुभयो । अहिले केयूकेएलले १० करोड लिटर पानी वितरण गर्दै आएको छ । केयूकेएलबाट वितरण भइरहेको १० करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरी २७ करोड लिटर पानी काठमाण्डौमा वितरण हुनेछ ।

 

 
Seen by Mankasa Mirmire at 10:25 AM
 
Enter
 
 
 
 
 
Write to Mankasa Mirmire
 
Loading...