बनेपाका मेयर द्वारा एमाले परित्याग

बैशाख १६, काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले नेकपा (एमाले) पार्टी परित्याग गर्नुभएको छ ।

बादेले शनिबार आज पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा जनाएपनि एमालेले टिकट नदिएपछि रुष्त बनेका श्रेष्ठले परित्याग गर्नुपरेको बताउनु भयो ।

एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले बनेपाको मेयर पदमा पुनः उठाउने वचन दिएको तर अन्रतमा आफुलाई टिकट नदिएर  धोका दिएको उनको आरोप छ  । 

 एमालेले बनेपा नगरपालिकाको मेयर पदमा रत्नकुश रञ्जितलाई टिकट दिएको छ ।

Loading...